इलाम । खानेपानीको हाहाकार भोग्ने इलाम सदरमुकामबासीलाई खानेपानीको समस्या अन्त्य गर्न साना सहरी खानेपानी आयोजना निर्माणले खुशियाली बनाएको छ । चैत्र महिनासम्ममा उपभोक्ताका घरमा पानी पु¥उने लक्ष्य राखिएको आयोजनाको काम हाल ६० प्रतिशत सम्पन्न भएपछि इलामबासी हर्षित भएका हुन् ।
२०७७ चैत्र महिनामा उपभोक्ताका घरमा पानी पु¥याउने लक्ष्य राखिएको आयोजनाको पाइपलाइन, पानी प्रशोधन केन्द्र, ट्यांकी निर्माणका काम सम्पन्न भएका छन् । जडान भएका धारामा २४ घण्टा नै पानी पु¥याउने अयोजनाको काम तिब्रताका साथ भएपछि इलाम नगरपालिकामा एक दिन बिराइ पानी उपभोग गर्ने जनता खुशि छन् ।
सन्दकपुर गाउँपालिकाका ४ वटा खोलाबाट पानी ल्याउने साना सहरी खानेपानी आयोजनाको काम तिब्रताका साथ हुदै आएको उपभोक्ता समितिका अध्यक्ष केदार थापाले बताउनुभयो ।
आयोजना सञ्चालनका लागि नगर विकास कोषको १४ करोड ४८ लाख ७७ हजार ऋण, उपभोक्ताको २ करोड ८९ लाख ७५ हजार र बाँकी एसियाली विकास बैंकको अनुदान रहेको छ । ५ प्रतिशत उपभोक्ता, २५ प्रतिशत नगरपालिकाले नगर विकास कोषबाट ऋण र ७० प्रतिशत एशियाली विकास बैंक र नेपाल सरकारको अनुदान गरि कुल ५७ करोड ९५ लाख सात हजारमा खानेपानी अयोजना सम्पन्न हुने इलाम नगर प्रमुख महेश बस्नेतले बताउनुभयो ।
२ वर्षमा सम्पन्न गर्ने सम्झौता सहित ७५ साल चैत्रमा सुरु गरिएको आयोजनाको काम लकडाउनका छ महिना काम हुन नसके पनि समयमै काम सम्पन्न गर्ने आयोजनाका व्यवस्थापक मेघराज धिमालले बताउनुभयो ।
४ हजार उपभोक्ताका घरमा पानी पु¥याउने आयोजनाले हाल ३ हजार घरधुरीमा पाइप जडान भइसकेको छ ।