Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

सरकारी उपेक्षाले नेपालमा बासको तामाको उपयोग छैन

सरकारी उपेक्षाले नेपालमा बासको तामाको उपयोग छैन

  • सुजन तिमल्सिना
  • शुक्रबार, कार्तिक ७ २०७७


सरकारी उपेक्षाले नेपालमा बासको तामाको उपयोग छैन

इलाम । दिर्घरोगीको समेत रोग प्रतिरोधि क्षमता बढाउन सक्ने बाँसको तामाको महत्व जनस्तरमा थाहा नहुँदा नेपालमा बासको तामाको विविधिकरण गरि व्यवसायीक प्रयोग भएको छैन । बाँस खेती भएपनि फर्निचर र पूर्वाधार निर्माणमा मात्रै प्रयोग हुँदा बासको तामाको प्रयोग गरि आर्थिक लाभ लिन सरकारले कुनै कार्यक्रम संचालन गरेको छैन ।
तामा सेवनले दिर्घरोगीमा समेत फाइदा पुग्ने गरेपनि नेपालमा बासको तामाको व्यवसायीक प्रयोग हुन नसकेको हो । खेती बढ्दै गएपनि बाँसको उपयोग फर्निचर र निर्माणको काममा मात्रै हुँदै आएको छ ।
पिसावको इन्फेक्सन, प्रेशर, ग्यास्टिक, अल्सर, क्यान्सर, कोलस्टोर जस्ता थुप्रै रोगीका लागि बासको तामा उपयोगी हुने विज्ञको भनाइ छ । दिर्घरोगीको समेत रोग प्रतिरोधि क्षमता बढाउन सक्ने बाँसको तामाको महत्व जनस्तरमा थाहा नहुँदा तामाबाट बन्न सक्ने सयौँ परिकारबारे जनस्तरमा प्रविधि र तालिम प्रदान नगर्दा आर्थिक फाइदा पुग्न सकेको छैन ।
सरकारले घरेलु तथा साना उद्योगबाट बाँसका फर्निचर बनाउन तालिम प्रदान गरेपनि तामाबाट बन्न सक्ने परिकार र बजारको संम्भाब्यता अध्ययन समेत नगरेको घरेलु तथा सना उद्योग कार्यालय इलामका प्रमुख पदम कट्टेलले बताए । । नेपालमा बासको तामाको अचार र तरकारीको रुपमा सिमित परिवारले प्रयोग गर्छन् । तराई देखि हिमाली क्षेत्रसम्म बासको खेती र तामा उत्पादन प्रशस्त भएपनि व्यवसायीकताका लागि सरकारी चासो नहुँदा रोजगारीका अवसरपनि गुग्दै गएका छन् ।
थाइल्याण्ड, जापान र चिनमा बासको तामाका २ सय बढी परिकार बनाइन्छन् । बासको तामाका परिकार बनाइ ती देशले बेम्बो सुटको नामबाट तामाका परिकार अन्य देशमा निर्यात गरि आम्दानी गरिरहेका छन् । जापानमा तामाको फाइदाको बिषयमा अध्ययनै गराइन्छ भने चिनमा तामाबाट २ सय ५० परिकार बनाइन्छ र हर्वल टि को रुपमा समेत प्रयोग हुन्छ ।
मासुमा मिसाएर खान पनि मिल्छ तामा । नेपालमा निगालो बास, भालुबास, तामे, चोया बासको खेती प्रशस्त हुँदै आएकाले तामाको उपयोग गरि आर्थिक लाभ लिन सकिने वन मन्त्रालयको अध्ययनमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार