Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रहरलाग्दो इलामको सुर्योदय नगरपालिकाको इस्कुस खेती (फोटो फिचर )

रहरलाग्दो इलामको सुर्योदय नगरपालिकाको इस्कुस खेती (फोटो फिचर )

  • सन्देश सम्बाददाता
  • सोमबार, भाद्र २२ २०७७


रहरलाग्दो इलामको सुर्योदय नगरपालिकाको इस्कुस खेती (फोटो फिचर )

सूर्योदय । सूर्योदय नगरपालिकामा मौसमी तरकारीको रुपमा परिचित इस्कुस बेचेर पूर्वी इलामका किसानले लाखौंको आम्दामी गर्छन् । सिजनको सुरुमा एक मन अर्थात चालिस केजीको १६ सयमा बिक्री भएको इस्कुसको भाउ भने यतिबेला एक हजारमा झरेको छ । नगदे बालीको रुपमा जेठ महिना देखि मंसिर महिनासम्म आम्दानी लिन सकिने इस्कुस बेचेर किसानले छ महिनामा लाखौँ कमाई गर्ने गरेको हुन् ।


किसानले सिजनका समयमा हप्ताको एकसय केजी देखि तीन हजार केजिसम्म बेच्ने गरेका छन् । आगानकै इस्कुसको माचमा भेटिने सूर्योदय नगरपालिका क्षेत्रका किसान सिजनमा हप्तामा पाँच देखि तीस मनसम्म इस्कुस बेचेर आम्दानी गर्दै आएका छन् । गाउँलेले पाँच मनदेखि तीन हजार केजिसम्म हप्तामा इस्कुस बेच्ने गरेका छन् ।


सामान्य किसाने पनि महिनाको ३० हजारसम्म आम्दानी गर्ने गरेका छन् । यस वर्षको सिजनमा इस्कुसको आम्दानी राम्रो रहेको किसानको भनाइ छ । यसरी पूर्वी इलामको किसानले इस्कुस बेचेर महिनामा नै लाखौं कमाउछन् । बजार समेत खोजी हुँन सकेको छैन । इलाममा २८ प्रकारको इस्कुस पाइने गरेको कृषि विज्ञ बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार