Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

अन्तत : बार्सिलोनामै रहने भए मेस्सी

अन्तत : बार्सिलोनामै रहने भए मेस्सी

  • सन्देश सम्वाददाता
  • शुक्रबार, भाद्र १९ २०७७


अन्तत :  बार्सिलोनामै रहने भए मेस्सी

अन्ततः लियोनल मेस्सी एक सिजनको लागि बार्सिलोनामै रहने भएका छन्। उनले क्लब छाडेर जान चाहेको १० दिनपछि २०२०/२१ सिजन बार्सिलोनामा बिताउन राजी भएका हुन्। क्लबलाई मंगलबार फ्याक्स पठाउँदै उनले आफनो करारमा नयाँ धारा प्रयोग गर्न चाहेको कुरा उल्लेख गरेका छन् जहाँ उनलाई निःशुल्क स्थानान्तरणको सहमती दिनुपर्नेछ। तर क्लबले ७ सय मिलियन युरो रिलिज क्लज दिनुपर्ने माग राखेको थियो।

‘यो साँचो हो कि, म क्लब छाड्न चाहन्थें । तर, यसै विषयलाई लिएर क्लबलाई अदालतसम्म लिएर जान चाहन्नँ । परिबन्ध वा नयाँ घटनाक्रमका कारण म अब बार्सिलोनामै रहन तयार छु । तर, म क्लब बोर्ड अध्यक्षसँग खुसी छैन, पटक्कै खुसी छैन । किनभने, बार्टोमेउ क्लबका लागि नेतृत्वका नाममा एक दुर्घटना हुन् ।’

गोलसँग कुरा गर्दै मेस्सीले भनेका छन् ‘मैले क्लब, अध्यक्षलाई भने कि म जान चाहन्छु। म हरेक वर्ष भन्दै आएको छु। मैले सोच र म निश्चित छु कि म स्वतन्त्र छु। कीर्तिमानी ६ पटकको बालोन डी’ ओर विजेता मेस्सी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी जाने चर्चा चलेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार