भारतीय क्रिकेट टोलीका पुर्व कप्तान महेन्द्रसिंह धोनीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । १६ बर्ष भारतीय टोलीमा रहेका धोनीले इन्टाग्राममा भिडियो पोष्ट गर्दै सन्यास घोषणा गरेका हुन् । उनले पोष्टमा लेखेका छन् ‘धन्यवाद तपाइहरुको प्रेम र सर्मथनको लागि धेरै धेरै धन्यवाद । १९:२९ बजेबाट मेरो सन्यास सम्झनुहोला ।’ उनले आफनो पोष्टमा ‘मेरी पल दो पलका सायर हुँ’ गीतको साथ सुन्दर ढंगले आफनो करियरको सबै उतारचढाबलाई देखाए ।
https://www.instagram.com/p/CD6ZQn1lGBi/
धोनी भारतीय क्रिकेटका सवैभन्दा सफल कप्तानको रुपमा चिनिन्छन् । उनले कप्तानको रुपमा ३ वटा आइसीसी ट्रफी भारतलाई दिलाउन सफल भए । क्रिकेटको छोटो फर्मेट टि–२० क्रिकेटको पहिलो संस्करण सन २००७ को विश्वकप, सन २०११ को एकदिवसीय विश्वकप र सन २०१३ को आइसीसी च्याम्पियन्स ट्रफी दिलाउने कप्तानको रुपमा धोनी चिनिन्छन् । उनको पछिल्लो पटक सन २०१९ को विश्वकप न्युजिल्यान्ड विरुद्ध सेमीफाइनल खेलेका थिए । उक्त खेलमा ५० रनमा रन आउट भएसँगै धोनी भारतीय टोलीमा थिएनन् ।
सन २०१५ को एकदिवसीय विश्वकप र २०१६ को टि–२० विश्वकपमा धोनीले भारतको कप्तानी गर्दै सेमीफाइनलसम्म पु¥याएका थिए । सन २००४ मा बंगलादेश विरुद्ध भारतीय टोलीबाट एकदिवसीय क्रिकेटमा डेव्यु गरेका थिए । सन् २००५ मा श्रीलंका विरुद्ध टेष्ट र २००६ मा दक्षिण अफ्रिकाविरुद्ध टि–२० मा डेब्यु गरेका थिए । १६ बर्षको बिचमा उनले भारतीय क्रिकेट टोलीबाट ३५० एकदिवसीय खेलमा सहभागी बन्दै १० हजार ७३३ रन प्रहार गरेका छन् । उनी एकदिवसीय क्रिकेटमा सवैभन्दा बढी रन प्रहार गर्ने भारतीय खेलाडीको सुचीमा पाँचौ स्थानमा छन् ।
धोनी भन्दा अघि सचिन तेन्दुलकर, विराट कोहली, सौरभ गांगुली र राहुल द्रविड छन् । उनले ९० टेस्ट म्याच र ९८ टी–२० म्याच खेलेका छन् । दाँया हाते विकेटकिपर व्याट्समेन धोनीले टेस्ट क्रिकेटमा ६ शतक र ३३ अर्ध शतक सहित ४ हजार ८७६ रन प्रहार गरेका छन् । अष्ट्रेलिया विरुद्ध सन २०१४ मा खेलेपछि उनले टेस्टबाट सन्यास लिएका छन् । क्रिकेटको सवैभन्दा लामो फम्र्याटबाट सन्यास लिनु अघि उनले भारतलाई टेस्ट क्रिकेटको शिर्ष स्थानमा उकालेका थिए । सन २००७ मा कप्तान नियुक्त भएपछि उनले १९९ एकदिवसीय र ७२ टी–२० मा भारतीय टिमको कप्तानी गरेका थिए ।
तीनवटै फम्र्याटको क्रिकेटमा ५० भन्दा बढि खेलमा कप्तानी गर्ने उनी एक मात्र खेलाडी हुन् । विश्वकै एक सफल कप्तान र उत्कृष्ट विकेटकिपर रहेका धोनी यस वर्ष अष्ट्रेलियामा हुने टि–२० विश्वकप खेल्न चाहन्थे । तर अक्टोबर नोभेम्बरमा हुने तय भएको विश्वकप कोरोना महामारीको कारण एकवर्ष पछिलाई सरेपछि धोनी सन्यास लिने निर्णयमा पुगेका हुन् । आगामी सेप्टेम्बर १९ देखि युएईमा हुने १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को लागि शुक्रबार चेन्नई सुपर किंग्ससँग जोडिएका थिए । धोनीले आफ्नो कप्तानीमा चेन्नईलाई तीन पटक आइपिएलको उपाधि दिलाएका थिए ।

