कुटिडाँडा । इलामको रोङ गाउँपालिका ३ स्थित सिम्ले गाउँमा अलैची प्रशोधन केन्द्र स्थापना भएको छ । कृषि ज्ञान केन्द्र इलामबाट निर्माण भएको संकलन केन्द्रको प्रदेश सासंद काजिमान कागतेले उद्घाटन गरेका थिए ।
कृषि ज्ञान केन्द्र इलामको ८ लाख र कृषकको जनसहभागितामा अलैची संकलन केन्द्र स्थापना ग।ेको थियो । आर्थिक वर्ष २०७६÷०७७ मा निर्माण सम्पन्न भएको संकलन केन्द्रको प्रदेश सासंद काजिमान कागते, रोङ गाउँपालिका ३ का अध्यक्ष मात्रिका बराल लगायत स्थानीय किसानको उपस्थिति रहेको थियो ।
अलैची संकलन केन्द्र उद्घाटन गर्दै प्रदेश सासंद काजिमान कागतेले आगामि दिनमा प्रदेश सरकारबाट अलैची खेतीको विकासका लागि आवश्यका पूर्वाधार र प्रविधि किसानलाई हस्तान्तरण गर्न प्रदेश सरकार तयार भएको बताएका थिए । कार्यक्रममा रोङ गाउँपालिका ३ का अध्यक्ष मात्रीका बरालले अलैची पकेट क्षेत्र रहेको सिम्ले क्षेत्रलाई कृषि सडक स्तरउन्नती गरि बजारको पहुँच विस्तारको काम हुँदै आएको बताए । अलैची संकलन केन्द्र निर्माणका लागि स्थानीय चन्द्रमाया आचार्यले एक रोपनी जग्गा दान गरेकी थिइन् । जग्गा दान दिने आचार्यलाई केन्द्र उद्घाटनकै अवसरमा सम्मान गरिएको थियो ।
केन्द्र स्थापना भएपछि ग्रामीण कृषक समूहमा आवद्ध २७ घरधुरी किसानलाई अलैची संकलनका लागि सहज भएको छ । अलैची संकलन केन्द्रमा २ सय रोपनी क्षेत्रफलमा उत्पादन भएको अलैची संकलन गरिनेछ ।