बौद्धधाम । इलामको सुर्योदय नगरपालिका ३ स्थित बौद्धधाम डोजोका सितोरियो करातेको जुनियर खेलाडीहरुको ग्रेडिङ सम्पन्न भएको छ । कोरोना संक्रमणका बिचपनि सामाजिक दूरी कायम गरेर प्रशिक्षण लिएका खेलाडीहरुलाई प्रमाण पत्र प्रदान गरिएको हो । ६० जना खेलाडीहरुलाई प्रमाणपत्र वितरण गरिएको सितोरियो कराँते सूर्योदय नगरपालिका प्रशिक्षक प्रदिप शैजुले प्रशिक्षण दिएका थिए । 
खेलाडीहरुलाई सूर्योदय नगरपालिका प्रमुख रण बहादुर राईले खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रमाण पत्र वितरण पछि मन्तव्य राख्दै नगर प्रमुख राईले खेल क्षेत्रमा नगरपालिकाले बजेटको व्यवस्था गरेकाले खेल क्षेत्रको पनि विकास हुँदै जाने बताए । खेल क्षेत्रको विकासका लागि सूर्योदय नगरपालिका स्थानीय सरकार भएकाले प्रदेश र संघीय सरकारसँग समन्वय गरि पूर्वाधार निर्माणको काम गर्दै आएको प्रमुख राईले बताए ।

कार्यक्रममा सितोरियो कराते संघ इलामका अध्यक्ष तथा प्रशिक्षक योगेश चाम्लिङले कोरोनाको कहरका बिचपनि खेलाडीको उत्पादन भइहरकाले सूर्योदय नगरपालिकामा खेल क्षेत्रले विकास भइरहेको बताए । सन् २०१८ मा फिक्कलमा ब्ल्याक बेल्डको फष्ट डान र सेकेण्ड डानमा छनौट भएका सिनियर खेलाडीहरुलाई पनि नगर प्रमुख राईले प्रमाण पत्र प्रदान गरेका थिए ।