बादलसङ्गै स्वप्नाहरुको उडान देखिन्छ
हर धुनमा तिम्रै चालको बयान देखिन्छ ।
कुन शब्द भित्र लुकाउछ्यौ आफुलाई
यहाँ अक्षरहरुकै बिच ताना-तान देखिन्छ ।
आभाष पिरतीको यस्तै यस्तै हुन्छ होला
तिम्रो हर मुस्कान भरी भगवान देखिन्छ ।
चञ्चल हुन्छ बतास स्पर्षले चुम्न खोज्ला
तिम्रो वदनमा जवानीको मुहान देखिन्छ ।
तिम्रो तस्बिर र गोधुँली एकैसाथ नियाल्दा
साँच्चै भन्या दुबैको रुप समान देखिन्छ ।
प्रेम आचार्य, इलाम … हाल कुबेत