इलाम : इलाममा आज २ जना कोरोना संक्रमित फेला परेका छन् । बैदेशिक रोजगारबाट फर्किएका इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाका युवामा कोरोनाको संक्रमण देखिएको हो । मलेसियाबाट असार १५ गते नेपाल प्रवेश गरेका सन्दकपुर–५ का ३५ बर्षिय पुरुष र साउदी अरबबाट १६ गते आएका इलाम नगरपालिका-८ का २५ बर्षिय युवालाई कोरोना देखिएको स्वास्थ्य कार्यालय इलामका कोभिड–१९ फोकल पर्सन बिमल बरालले जानकारी दिए ।
उनीहरु दुवै जना नेपाल प्रवेश गरेको भोली पल्टै जिल्ला समन्वय समितिको क्वारेन्टाइनमा बसेका थिए । असार २० गते स्वाब लिएर २१ गते परिक्षणका लागि पठाइएको थियो । दुवै जनालाई उपचारको लागि गोठगाउँमा रहेको पुर्वाञ्चल विश्वविद्यालयको क्वारेन्टाइनमा पठाउने तयारी भइरहेको बरालले जानकारी दिए । आज थपिएका २ जनासँगै इलाममा कोरोनाको संक्रमितको संख्या १३ जना पुगेको छ ।