माईजोगमाई गाउँपालिका वडा न १ र सुर्योदय नगरपालिका वडा १ मा रहेको साँगुबेसी । असार सुरु भएसँगै किसानहरुलाई धान रोप्न चटारो छ । किसानहरु कोही खेतमा आली लगाउँदै गरेको भेटिन्छन त कोही धान रोप्दै । मानो खाएर मुरी उब्जाउन समय भएकाले किसानहरुको व्यस्तता खेतबारीमा नै भएको हो ।







