नेपाली फुटबल रेफ्री भन्ने बित्तिकै सबैको कानमा गुन्जयमान हुने नाम हो फिफा रेफ्री सुदिश कुमार पाण्डे। गुन्जयमान नहोस् पनि त किन? राष्ट्रिय होस् या अन्तर्राष्ट्रिय होस् दुबै क्षेत्रमा आफ्नो छुट्टै छाप छाडिसकेका छन् उनले । सन् २००३ देखि निरन्तर रेफ्रीको भूमिकामा देखिएका सुदिशले राष्ट्रिय स्तरको प्राय जसो सम्पुर्ण प्रतियोगिताहरु खेलाइसकेका छन्।ए डिभिजनको उपाधी छिनोफानो हुने खेलहरु देखि लिएर पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म धेरै जसाे गोल्डकपहरु सुदिशले संचालन गरेका छन्।
हालै भएको ए डिभिजनको उपाधी निर्णय गर्ने खेल मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब बिचको खेलमा पनि सुदिश नै सामेल थिए। यसरी राष्ट्रिय स्तरका सर्बोत्कृष्ट प्रतियोगिताहरु खेलाएर नेपालकै उत्कृष्ट बनेका फिफा रेफ्री सुदिश कुमार पाण्डेले अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो दबदबा कायम गरेका छन्। सन् २००७ मा AFC U-14 REGIONAL FESTIVAL बाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय स्तरमा पाइला टेकेका सुदिशले २००७ मै AFC PROJECT FUTURE REFEREE BATCH 2007 मा पनि ग्राजुयसन गरे। उनीसँगै ग्राजुयसन गर्नेमा फिफा सहायक रेफ्री पदम भुजेल समेत थिए । सन् २०११ देखि अहिलेसम्म निरन्तर रूपमा फिफा रेफ्रीको भुमिकामा रहेका सुदिशले अन्तर्राष्ट्रिय स्तरको ठुलाठुला प्रतियोगिताहरुमा रेफ्रीको भुमिका निर्वाह गरेका छन्।
सुदिशले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको रुपमा नेपालमा सन् २०१३ मा भएको साफ च्याम्पियनसिपमा रेफ्रीको भुमिका निर्वाह गरेर सुरु गरे। AFC कप २०१४ र २०१७ मा पनि सुदिशले रेफ्रीको भुमिका निर्वाह गरे। त्यसैगरि सन् २०१४ मा भुटानमा भएको KINGS CUP को फाइनल खेल पनि उनले नै खेलाए। सुदिशले थुप्रै साफ च्याम्पियनसिपका खेलहरु पनि खेलाइसकेका छन्। सन् २०१५ मा भारतमा भएको साफ च्याम्पियनसिप र सन् २०१८ मा भएको यु-१६ साफ च्याम्पियनसिप पनि उनले नै खेलाएका हुन्। उक्त प्रतियोगिताको फाइनल खेल पाकिस्तान र बङ्लादेश विरुद्धको खेल सुदिशले नै सन्चालन गरेका हुन् ।
यसरी सुदिशले एक पछि अर्को अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेलाउदै गए। मैदान छिरेर आफ्नो दायित्व सुरु गरेपछी नियमप्रती बफादार बन्दै खरो रूपमा प्रस्तुत हुँदै सबै खेलाडीदेखि अफिसियललाइ नियमको डोरीमा बाधेर अनुशासित ढंगमा खेल सन्चालन गर्ने पाण्डेले अझै ठुलाठुला अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा रेफ्री गर्ने अवसर प्राप्त गर्न थाले। सन् २०१६ मा भारतमा भएको BRICS U-16 CHAMPIONSHIP पनि सुदिशले नै खेलाएका हुन्। उक्त प्रतियोगितामा ब्राजिल,रसिया,दक्षिण अफ्रिका,चीन , भारत जस्ता देशहरुको सहभागिता थियो। सन् २०१७ मा भने सुदिशले दुईवटा एसियाकै प्रतिष्ठीत प्रतियोगिता खेलाउने अवसर प्राप्त गरे। मलेसियामा भएको SEA GAMES को तेस्रो स्थानको खेल र AFC CHAMPIONS LEAGUE खेलाउनु सुदिशको जिवनकै सबैभन्दा ठूलो उपलब्धि हो।
यतिमात्र नभई सुदिशले AFC एसियन कप छनौट प्रतियोगिताको अन्तिम चरणको खेल समेत खेलाएका छन्। सुदिश अन्तर्राष्ट्रिय देशको उच्च श्रेणीको लिग खेलाउने पहिलो नेपाली रेफ्री बने जब उनले भुटानको लिग सन्चालन गरे।सुदिशले हाल सालै सन् २०१९/२० मा पनि तिनवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा रेफ्रीको भुमिका निर्वाह गरे।भुटानमा भएको JIGME DORJE WANCHUCK GOLD CUP को फाइनल खेलपनी सुदिशले नै खेलाए। त्यसैगरी बङ्लादेशमा भएको बङ्गबन्धु गोल्डकप र शेख जमल अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उत्कृष्ट म्याच र फाइनल खेलमा समेत उनले रेफ्रीको भुमिका निर्वाह गरे। यतिमात्र नभई पाेखरामा भएको १३ औ दक्षिण एसियाली खेलकुद (साग) मा महिला फुटबलको महत्वपुर्ण खेल र फाइनल खेल पनि उनले नै खेलाए।
सुदिशलाई फिफा रेफ्री भईसके पछि सन् २०११ मा AFC ले एसियाको प्रतिनिधित्व गर्दै उनी लगायत जम्मा ४ जना रेफ्रीलाई अमेरिकाको प्रतिष्ठित पुरानो प्रतियोगिता DOLLASS CUP संचालन गर्ने सिफारिस गरेको थियो र अमेरिकाको फुटबल संघले आफ्नो लेटर हेडमा सुदिशको नाम लेखेर अखिल नेपाल फुटबल संघलाई पठाउनु सायद नेपालको इतिहासमै पहिलो पटक थियो। तर आफ्नो देशको लिगका महत्वपुर्ण खेलहरु सन्चालन गर्नुपर्ने भएकाले उनी उक्त प्रतियोगिता सन्चालन गर्ने जान पाएनन्। सुदिशले आफ्नो जिवनमा ४0 पटक भन्दा बढी बिदेश भ्रमण गरिसकेका छन्।
उनी सबैभन्दा धेरै भ्रमण गरेका राष्ट्र भनेको भारत-१० पटक,मलेसिया-८ पटक , बङ्गलादेश-४ पटक, भुटान-३ पटक माल्दिभ्स, म्यानमार, अस्ट्रेलिया क्रमश २ पटक रहेको छ। यति मात्र नभई सुदिशले स्विजरल्यान्ड, ईरान,जर्मन,अस्ट्रिया,स्पेन,ओमान, दुबई, कतार, फ्रान्स,बेल्जियम,नेदरल्यान्ड,किर्गिस्तान,श्रीलंका,बहराइन,ओमन पनि भ्रमण गरिसकेका छन्। (सपन एन्फाका सवैभन्दा कम उमेरका रेफ्री समेत हुन्)