Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

मिरोस्लाभ क्लोज बार्यन म्युनिखको सहायक प्रशिक्षक बन्दै

मिरोस्लाभ क्लोज बार्यन म्युनिखको सहायक प्रशिक्षक बन्दै

  • सन्देश सम्वाददाता
  • शुक्रबार, बैशाख २६ २०७७


मिरोस्लाभ क्लोज बार्यन म्युनिखको सहायक प्रशिक्षक बन्दै

इलाम । विश्वकप तथा जर्मन गोल लिडर मिरोस्लाभ क्लोज बुन्डेसलिगा क्लब बार्यन म्युनिखको सहायक प्रशिक्षकको रुपमा नियुुक्त भएका छन् । उनले बार्यनका प्रमुख प्रशिक्षक हन्सी फ्लिकको सहायकको रुपमा काम गर्ने छन् । एक बर्षे सम्झौता गरेका क्लोजले आगामी जुलाई १ तारिकबाट कार्यभार सम्हाल्नेछन् । त्यसैगरी फ्लिकका वर्तमान सहायक डेनी रोहलले आफनो सम्झौता ३० जुन २०२३ सम्म लम्ब्याएका छन् । “हान्सी फ्लिक र म एक अर्कालाई जर्मन राष्ट्रिय टोलीसँग वर्षौंदेखि राम्रोसँग चिन्छौं, हामी एक अर्काेलाई व्यवसायिक र व्यक्तिगत दुवैमा भरोसा गर्छौं ।’ क्लोसले भने । विगत दुई बर्षदेखि क्लोजले बार्यनको यु–१७ टोलीलाई प्रशिक्षण दिइरहेका थिए । “मेरो लागि यो प्रशिक्षकको रूपमा करियरको अर्को चरण हो । मलाई आशा छ कि मेरो अनुभवले बार्यनको खेलकुदको लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पु¥याउन सक्छु ।’


फ्लिकले थपे “उच्च अन्तराष्ट्रिय स्तरमा पूर्व व्यवसायिक रूपमा उनको अनुभवको साथ, मिरो हाम्रो प्रशिक्षकहरूको टोलीमा थपिनु राम्रो हो । हामीले एक अर्कालाई लामो समयदेखि चिनेका र सम्मान गरेका छौं र राष्ट्रिय टोलीसँग मिलेर ठूलो सफलता पनि पाएका छौं । डेनी रोहल लामो समयसम्म हामीसँगै रहनु मेरो टोली र मेरो लागि ठूलो समाचार हो ।’
सन २०१६ मा सिरिए क्लब लाजियोबाट व्यवसायिक फुटबल करियर समाप्त गरेपछि क्लोजलाई जर्मन राष्ट्रिय टोलीका प्रशिक्षक जोएचिम लो ले कोचिङ स्टाफको रुपमा नियुक्त गरेका थिए । बार्यनमा खेलाडीको रुपमा ४ बर्षको अवधिमा क्लाेजले २ बुन्डेसलिगा र डिएफबी पोकल डब्लस जिताउन भुमिका खेलेका थिए ।


उनले राष्ट्रिय टोलीबाट १३७ क्याप जित्दै महत्वपुर्ण ७१ गोल समेत गरेका छन् । सन २०१४ को विश्वकप जित्नु अघिको उनी समावेश टोली सन २००२ को विश्वकप फाइनल र सन २००८ को युरोपकप फाइनल खेलेको थियो । क्लोजले सन २००६ को विश्वकप फुटबलमा ५ गोल गर्दै गोल्डेन बुट समेत हात पारेका थिए । विश्वकप इतिहासमा क्लोज १६ गोलका साथ सर्वाधिक गोलकर्ता खेलाडीको सुचीमा शिर्ष स्थानमा छन् ।
उनले सन २००२ र २००६ को विश्वकपमा ५/५ गोल गरेका थिए । त्यसैगरी सन २०१० मा ४ गोल र २०१४ मा २ गोल गरेका थिए । उनी जर्मन टिमका सर्वाधिक गोलकर्ता समेत हुन् । सन २०१४ को विश्वकपको पुर्वसन्ध्यामा अर्मानिया विरुद्ध मैत्रीपुर्ण खेलमा गोल गर्दै गड मुलरको ६८ गोलको किर्तिमान तोडेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार