सूर्योदय । इलामको आथिक ,सामाजिक तथा पर्यटनमा विशेष महत्व राख्ने प्रदेश १ सरकारले निर्माण गर्न लागेको बहु–वर्षे योजनाहरु प्रदेशसभा सदस्यहरुसहितको टोलीले अनुगमन गरिएको छ । प्रदेसभाबाट गठित लेखा समितिका सांसदहरुको टोलीले शुक्रबार स्थलगत अनुगमन गरेको छ ।
प्रदेशसभा सदस्य शिबनारायण गनगाईको संयोजकत्वमा रहेको सांसदहरुको लेखा समितिद्धारा इलामको पर्यटकीयस्थल श्रीअन्तु भ्यु–टावर परिसरको अन्तु डाँडा सौन्दर्यिकरण योजना , फिकलदेखि जोगमाइ , नयाँबजार दुधाङ इलाम सडक , र बौद्ध पार्क टोलीले अनुगमन गरेको हो ।

अनुगमन टोलीमा लेखा समितिका संयोजक सांसद गनगाईसहित कुलप्रसाद साम्बा, कुसुम श्रेष्ठ, सन्जा दुनुवार, होमकुमारी सावा, अम्बिका थापा, ओम सरगर्भी र संसदीय लेखा समितिका सचिव भवानी घिमिरे सहभागी थिए । टोलीमा सहभागी सुर्यदय नगर प्रमुख रण बहादुर राईका अनुसार फिक्कलदेखि जोगमाइ हुँदै नयाबजार सडकको टोलीले अनुगमन गरेको हो ।

इलाम क्षेत्र नं १ प्रदेश सभा (क) र (ख) का सांसदहरु खिनु लङ्गवा र काजिमान कागतेको पहलमा बिनियोजित रु ५३ करोड ८९ लाख ३८ हजार १ सय ४९ रुपैया २४ पैसाको लागतले सडक र ९८ लाख ४३ हजार ९४ रुपैयाँ १० पैसा लागतमा अन्तुडाँडा सौन्दर्यिकरण निर्माणको चरणमा छ । त्यसैगरी बौद्ध पार्क निर्माणको लागि यो आर्थिक वर्ष विनियोजित १ करोड ४५ लाखको योजना पनि अनुगमन गरेको हो ।

स्थलगत अनुगमन पश्चात लेखा समिति संयोजक सांसद गनगाईले १ नम्बर प्रदेश सरकारको महत्वको र गौरबको योजनामा रहेको यो सडक तोकिएको समयमा निर्माण कार्य पुरा हुने बताए । उनले भने–‘यो योजनाहरु समय सीमाभित्रमा सम्पन्न हुनु नै प्रदेश सरकार सफल हुनु पनि हो । यता, सो सडक निर्माण कार्य गर्ने ठेक्का कम्पनीले भने १२ किलोमिटर सडक कालोपत्रे गर्ने योजना बनाएको टोलीमा सहभागी एबम् नेकपा इलाम जिल्ला सदस्य बिक्रम लिम्बुले जानकारी दिए । लिम्बुका अनुसार ठेक्का कम्पनीका प्रतिनिधिले तीन बर्र्षिभत्रमा कालोपत्रे गरिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रदेश सांसद एवम लेखा समितिका सदस्यहरुका अनुसार इलाममा आर्थिक,सामाजिक र पर्यटन महत्व राख्ने विभिन्न योजनाहरु समय सिमाभित्रमा सम्पुर्ण निर्माण कार्य पुरा गर्न अनुगमन निरन्तरता दिइने बताएका छन् ।