माई : इलामको माई नगरपालिका मा आगामी फागुन ५ र ६ गते प्रथम मेयर कप कराते च्याम्पियनसिप २०७६ प्रतियोगिता हुने भएको छ । नेपाल सितोरियो कराते संघ उपशाखा माई डोजोको आयोजनामा प्रतियोगिता गर्न लागिएको प्रमुख प्रशिक्षक सविन मगरले जानकारी दिए । प्रतियोगितामा महिला तर्फबाट २५ देखि ६० केजी माथी समुह तथा पुरुष तर्फ २० देखि ६० केजीसम्म तौल समुहमा प्रतिस्पर्धा हुनेछ । महिला र पुरुष टिम फाइट तथा जुनियर काता समेत संचालन गरिने आयोजकले जनाएको छ ।
कराते प्रतियोगितामा इलाम जिल्लाभरिको नगरपालिका तथा गाउँपालिका विभिन्न डोजोका करिब २५० जना खेलाडीहरुले भाग लिने बताइएको छ । प्रतियोगितामा विजेता हुने खेलाडीलाई प्रमाणपत्र र ट्रफी प्रदान गरिने आयोजक अध्यक्ष सीता फागोले बताइन् । प्रतियोगिता सम्पन्न गर्न २ लाख २३ हजार खर्च अनुमान गरिएको प्रतियोगिता शितली खेलमैदानमा हुने भएको हो । सो प्रतियोगिता सम्पन्न गर्न विभिन्न व्यक्ति, व्यक्तगत तथा सामुदायिक संघ संस्था सग सहयोग लिने प्रतियोगिता संयोजक सुश्मा राईले बताइन् ।