नेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर अनिता बस्नेत सम्मिलित सेथु एफसीले भारतीय महिला लिगमा फराकिलो जित निकालेको छ । बेङलोर रंगशालामा भएको खेलमा सेथुले बीबीके एफसीलाई ९–० को फराकिलो अन्तरले हराएको हो । सन्ध्याको गोलबाट खेलको १४ औ मिनेटमा सेथुले सुरुवाती अग्रता लिएको थियो ।
१८ औ मिनेटमा सुमित्राले अग्रता दोव्वर बनाइन् । खेलको ४५ औ मिनेटमा सन्ध्याले पुनः गोल थपेपछि पहिलो हाफमा सेथुले ३–० को अग्रता बनाएको थियो । दोश्रो हाफमा आक्रमक बनेको सेथुले ६ गोल थप्यो । खेलको ५० औ मिनेटमा कार्तिकाले टिमका लागी चौथो गोल थपिन् । ५८ औ मिनेटमा सुमित्राले व्यक्तिगत दोश्रो गोल गरिन् । ८१ औ मिनेटमा सन्ध्याले ह्रयाट्रिक पुरा गरिन् । ८२ औ मिनेटमा कार्तिकाले दोश्रो गोल गरिन् । ८४ औ मिनेटमा कुन्ति कुमारीले गोल गरेपछि सेथुले ८ गोलको अग्रता बनायो । ८९ औ मिनेटका कार्तिकाले ह्रयाट्रिक पुरा गरिन् । खेलमा पहिलो ह्रयाट्रिक गरेकी सन्ध्या वुमन अफ दि म्याच चुनिइन् ।
जितसँगै सेथु ३ खेलबाट ६ अंक बटुल्दै समुहको शिर्ष स्थानमा उक्लिएको छ । १ खेल कम खेलेको कृप्सा एफसी गोल अन्तरको आधारमा दोश्रो स्थानमा छ । समूह ‘ए’मा रहेको सेथुले पहिलो खेलमा कोहलपुर एफसीलाई ५–० ले हराउँदै लिगमा विजयी सुरुवात गरेको थियो । दोस्रो खेलमा कृप्सा एफसीसँग २–० ले पराजित भएका डिफेन्डिङ च्याम्पियन सेथुले उत्कृष्ट पुनरागमन गरेको हो ।