Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

आइतबारे रनिङ ट्रफी : आजबाट सेमीफाइनल समिकरण सुरु हुँदै

आइतबारे रनिङ ट्रफी : आजबाट सेमीफाइनल समिकरण सुरु हुँदै

  • चन्द्रकान्त पाैडेल
  • बुधबार, माघ ८ २०७६


आइतबारे रनिङ ट्रफी : आजबाट सेमीफाइनल समिकरण सुरु हुँदै

आइतबारे : १६ औ संस्करणको आइतबारे रनिङ ट्रफी खुल्ला फुटबल प्रतियोगितामा आजबाट सेमीफाइनल समिकरण सुरु हुनेछ । पहिलो सेमीफाइनलमा आज सिसा क्लासिक तीनघरे र जनता सेभेन फिक्कल भिड्दैछन् । हिजाे सम्पन्न अन्तिम दिनको क्वाटरफाइनल खेलबाट बिजयी हुँदै जनता सेभेन फिक्कल र टि वाइ सि तीनघरे सेमिफाइनल प्रबेश गरेका छ्न। तेस्रो क्वाटर फाइनलमा ड्रीम्स क्लब जहरसिङगाउँ लाई ४–० ले हराउँदै जनता सेभेन सेमिफाइनल प्रबेश गरेको हो।
बिजयी टिमका लागि सचिन यल्मोले ह्रयाट्रिक गरे । अजुर्न राईले १ गोल थपे । त्यस्तै प्रतियोगिताको अन्तिम क्वाटर फाइनलमा फिक्कल एफसी फिक्कललाई समान ४–० गोलले पराजित गर्दै टि वाइ सि तीनघरेले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। बिजयी टि वाइ सि का तर्फबाट शेखर राईले ह्रयाट्रिक गरे । पेमा यल्मोले १ गोल थपे ।
माघ २ गतेबाट शुरु प्रतियोगितामा इलाम र झापाका गरि १६ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेता टिमले नगद ८० हजार १ सय ११ र उपबिजयी टिमले ५० हजार १ सय ११ प्राप्त गर्नेछ्न। प्रतियोगिताको फाइनल खेल माघ ११ गते शनिबार हुनेछ । फाइनल खेलको दिन दात,हाडजोर्नी,सुगर प्रेसर लगाएत रोगको परिक्षण हुने आयोजकले जनाएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार