Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

देउरालीमा खेल मैदान निर्माणपछि खेलाडीमा खुशियाली

देउरालीमा खेल मैदान निर्माणपछि खेलाडीमा खुशियाली

  • ध्रुब फागो
  • बिहिबार, पौस १७ २०७६


देउरालीमा खेल मैदान निर्माणपछि खेलाडीमा खुशियाली

सन्दकपुर । खेलको विकास र खेलाडीलाई सुविधाका लागि इलामको सन्दकपुर गाउँपालिकामा खेलमैदान निर्माण शुरु गरेको छ । प्रदेश सरकारको लगानीमा गत आर्थिक वर्षदेखि शुरु गरिएको देउराली बजार खेलमैदान निर्माण र स्तरउन्नतीले ग्रामीण क्षेत्रका खेलाडीहरुमा खुशियाली छाएको छ । सन्दकपुर गाउँपालिका- १ का फुटबल खेलाडी किरण राई भन्छन्  ‘खेलमैदान अभावका कारण साेचे अनुरुपकाे विकास हुन सकेकाे थिएन् ।’जिल्लास्तरीय प्रतियोगितामा प्रायः सहभागि हुने राई अहिले गाउँमै खेल मैदान निर्माणपछि खुशि छन् । प्रदेश सरकारले सन्दकपुर एक देउराली बजार स्थित खेलमैदान स्तरउन्नती गरेपछि पुराना खेलाडीलाई प्रशिक्षणमा सहजसँगै नयाँ खेलाडी उत्पादनमा सहज भएको गाउँपालिका उपाध्यक्ष सोभा पराजुलीले बताइन् ।
एक स्थानीय तह एक स्तरीय खेल मैदान निर्माणको योजना अनुसार प्रदेश सरकारको लगानीमा खेल मैदान स्तराेन्नती भएको हो । खेल मैदान निर्माणपछि ग्रामीण क्षेत्रमा खेलाडी प्रशिक्षण र उत्पादन हुन थालेका छन् । देउराली खेल मैदानका लागि प्रदेश सरकारले गत आर्थिक वर्षदेखि लगानी शुरु गरेको थियो । प्रदेश सासंद खिनु लङ्वा लिम्बुका अनुसार गत वर्ष खेल मैदान स्तराेन्नतीमा प्रदेश सरकारले ८ लाख लगानी गरेको थियो र चालु आर्थिक वर्षमा २० लाख थप बजेट काम हुँदैछ ।
सन्दकपुर गाउँपालिकाको केन्द्रमै रहेको खेल मैदानलाई रङ्गशाला निर्माणका लागि प्रदेश सरकार समक्ष प्रस्ताव गरिएको गाउँपालिका अध्यक्ष उदय राईले बताए । देउराली बजार नजिकै रहेको खेलमैदानलाई रङ्गशालाको रुपमा प्रस्ताव गरिएको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार