Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

१३ औ सागमा मेडल दिलाउने इलामेली खेलाडी काठमाण्डौमा सम्मानित

१३ औ सागमा मेडल दिलाउने इलामेली खेलाडी काठमाण्डौमा सम्मानित

  • सन्देश सम्वाददाता
  • मंगलबार, पौस १ २०७६


१३ औ सागमा मेडल दिलाउने इलामेली खेलाडी काठमाण्डौमा सम्मानित

१३ औ सागमा पदक जित्ने इलामे खेलाडी सम्मानित भएका छन् । इलाम विकास समाजको आयोजनामा युवा समाजसेवी डम्बर खडकाले ५ जना खेलाडीलाई काठमाण्डौ स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मान गरेका हुन् । सम्मानित हुनेहरुमा पुरुष फुटबल टिमका डिफेन्डर सन्दकपुर गाउँपालिका–५ जमुनाका छिरिङ गुरुङ, उसुमा स्वर्ण पदक विजेता देउमाई नगरपालिका– ३ की जुनी राई, महिला फुटबलमा रजत पदक बिजेता सुर्योदय नगरपालिका–१२ की एन्जिला सुव्वा, बीच भलिबलमा कास्य पदक बिजेता माङसेवुङ–१ की विनिता बुढाथोकी र बास्केटबलमा कास्य विजेता सन्दकपुर–३ सुलुवुङका बिजय बुर्जा रहेका छन् । उनीहरुलाई नेकपाका उपनेता एवम सुवासचन्द्र नेम्वाङ सम्मानपत्र र नगद सहित सम्मान गरे । स्वर्ण, रजत र कांस्य पदक विजेतालाई क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैया प्राप्त गरे ।
कार्यक्रममा पदक बिजेताहरुको तर्फबाट बोल्दै जुनी राईले यस्ता सम्मानले खेलाडीहरुको खेलकौशल सुर्धानुका साथै आत्मबलमा बढाउनमा समेत सहयोग पुग्ने बताइन् । उनले खेलाडीहरुको योगदानलाई जिल्लाको तर्फबाट गरिएको कदर सराहनिय रहेका धारणा राखिन् । कार्यक्रमका प्रमुख अतिथी सुवासचन्द्र नेम्वाङले इलाम कृषिमा मात्र नभएर खेलमा समेत अव्वल रहेको प्रमाणित भइसकेको बताए । ‘अभावमा बिचमा पनि राम्रो खेलेर मेडल दिलाइदिनुभएको छ यसमा हामीलाई गर्व महसुुस भएको छ ।’ ३ दिनसम्म मेडल तालिकामा भारत दोश्रो स्थानमा रहँदा बोल्ती बन्द भएको उल्लेख गर्दै नेम्वाङले भने ‘२ दिनसम्म अगाडी हामी जब तेस्रो दिनपछि मेडलमा पछाडि प¥यो भारतको दबदबा कायम छ भन्न थाल्यौ ।’
समाजसेवी खड्काले इलामबाट प्रतिनिधित्व गरेर पदक जित्ने खेलाडीलाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको बताए । चियालगायत कृषिमा चिनिएको इलामको पहिचान खेलमा पनि स्थापित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य निरोज खड्गीको भनाइ थियो । राधेश्याम लेकालीको सभापतित्वमा कार्यक्रममा पुर्व साँसद जितु गौतम, राष्ट्रिय सभा सदस्य अगम बान्तवा, नेपाल पत्रकार महासंघका पुर्व सभापती विष्णु निष्ठुरी लगायतको आतिथ्यता रहेको थियो ।
यस्तो छ सम्मानित खेलाडीको प्रर्दशन
उमेर समुहका खेलाडी छिरिङले १३ औ नेपाली डिफेन्सिङ लाइन सम्हालेका थिए । अधिकाँश खेलमा सव्स्टिच्युटका रुपमा मैदानमा देखाए परेका उनी सेमीफाइनल खेलमा सुरुवाती ११ मा समावेश रहे । यु–२१ टिमका कप्तान छिरिङ हाल च्यासल क्लबमा आवद्ध रहँदै शहिद स्मारक लिगमा खेलिरहेका छन् । १२ औ सागको स्वर्णका लागी इलामका नवयुग श्रेष्ठले महत्वपुर्ण योगदान दिएका थिए । देउमाई नगरपालिका–३ की जुनी राईले ६० किलो तौल समुहमा बंगलादेशी खेलाडीलाई हराउदै उसुबाट देशका लागी ३६ औ स्वर्ण दिलाएकी थिइन् । १२ औ सागमा उनी रजत पदकमा सिमित हुन पुगेकी थिइन । उनी हाल नेपाल पुलिसमा असई ( प्रहरी सहायक निरिक्षक) पदमा कार्यरत छिन ।
एन्जिला तुम्बापो सुव्वाले नेपाली गोलपोष्ट सम्हाल्दै रजत पदक प्राप्त गरिन । सधै झै यस पटक पनि नेपालले स्वर्णको प्रतिस्पर्धामा भारतसँग पराजय भोग्नुप¥यो । २०६८ सालबाट फुटबल सुरु गरेकी एन्जिला सन २०१६ देखी नेपाली राष्ट्रिय टिमकी मुख्य गोलरक्षकको रुपमा छिन । सन २०१४ मा यु–१४ टिमले स्वर्ण जित्दा पनि उनी गोलरक्षक थिइन् । उनी हाल शसस्त्र प्रहरीमा जवान पदमा कार्यरत छिन । भारतमा भएको १२ औ सागमा रजत पदक प्राप्त गर्ने टोलीमा समेत एन्जिला थिइन । सोही प्रतियोगिताबाट उनले सिनियर टोलीमा डेव्यु गरेकी थिइन ।
पहिलो पटक समावेश गरिएको बीच भलिबल खेलमा नेपाली भलिबल टिमकी पुर्व कप्तान बिनिता बुढाथोकीले कास्य पदक हात पारिन । विनिता र धनगढीकी नेविका चौधरीको टोलीलाई शिर्ष २ मा पुग्नका लागी श्रीलंकाका खेलाडी बाधक बने । विनिताले विगत लामो समय नेपाली भलिबल टिमको नेतृत्व गरेकी थिइन । उनी पनि शसस्त्र प्रहरीमा आवद्ध छिन । शसस्त्रको भलिबल टिमको नेतृत्व गर्दै २०७५ सालमा सहभागीता जनाएको ११ मध्ये १० प्रतियोगिताको उपाधी दिलाएकी थिइन् ।

बास्केटबलका रजत विजेता बिजय विगत ८ बर्षदेखी नेपाली टिमका प्रमुख सदस्य रहेका छन् । सन २०११ मा इटालीमा भएको ३ अन ३ बास्केटबल च्याम्पियन, दक्षिण एसियाली बास्केटबल २०१५ मा कास्य लगायतका पदक देशका लागी दिलाएका छन् । १३ औ सागमा फाइनल प्रवेशका लागी भारत बाधक बन्दा बंगलादेशलाई हराउँदै बिजय सम्मिलित टिमले कास्य जितेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार