भारतीय अभिनेत्री आलिया भट्ट एसियाकी सबै भन्दा कामुक महिला बनेकी छन्। बेलायतको साप्ताहिक पत्रिका इस्टन आईले अनलाई सर्वेक्षणबाट गरेको तथ्यांकले बलिउड अभिनेत्री आलिया सन् २०१९ को सबै भन्दा कामुक महिला घोषणा गरेको हो।
अघिल्लो वर्ष सबै भन्दा कामुक महिला बनेकी दीपिका पादुकोण दोस्रो नम्बरमा छन्। तेस्रो नम्बरमा भने टिभी स्टार हिना खान छिन्। चौथो नम्बरमा माहिरा खान रहँदा पाँचौ नम्बरमा सुर्वी चावला रहेकी छन्। कट्रिना कैफ भने छैठौं नम्बरमा रहँदा सातौ नम्बरमा सिभांगी जोशी रहेकी छन्। त्यस्तै निया शर्मा र मेविश हायत क्रमश आठौं र नवौं नम्बरमा छन्। त्यस्तै प्रियंका चोपडा भने दशौं नम्बरमा छिन् । दशककै कामुक महिलाको सुचीमा दिपिका पादुकोण पहिलो नम्बरमा रहेकी छन् । सन २०१९ काे एसियाको कामुक पुरुषको सुचीमा रितिक रोशन रहेका छन् ।