फाकफोकथुम : लिम्बुहरूको महान चाँड चासोक तङ्नाम को अवसरमा चासोक तङ्नाम नक्आउट फुटबल प्रतियोगिता बुधवार देखी सुरु भएको छ । फाकफोकथुम -४ फुएतप्पा लिम्बु गाँउमा फुङ्वा युवा समुहले प्रतियोगिता आयोजना गरेको हो । वडाध्यक्ष हरी दंगाली मगर प्रमुख अातिथ्यतामा सुरु भएको प्रतियोगिताको उद्धघाटन खेल आयोजक टिम फुङ्वा युवा समुह फुएतप्पा र लुम्दे लाली गुराँस युवा समुहलाई गोल हस्तान्तर गरी खेल शुरूवात गरिएको थियो।
पहिलो खेल आयोजक टिमले लालि गुराँस युवा समुह लुम्दे लाई ६-१ गोल अन्तरले पराजित गरेको छ । दोस्रो खेल बलीहाँङ्ग युवा समुह लुम्देले वाईट स्टार आमचोकलाई २- १ गोल अन्तरले पराजित गरेको छ । फुटबल प्रतियोगितामा इलाम, पाचँथर र झापा गरी जम्मा २८ टिम सहभागी रहेको छन् । फाईनल खेल मंसिर २७ गते हूने आयोजक समितीका अध्यक्ष दिपक लिम्बुले जानकारी दिए । बिजेताले ५० हजार र उपविजेताले २७ हजार प्राप्त गर्नेछ । चासोक तङ्नाम नक्आउट फुटबल प्रतीयोगीताको अवसरमा विविध सांस्कृतिक कार्यक्रमका साथ २५ देखी २७ गतेसम्म मेलाबजार लाग्ने भएको छ ।