सन्दकपुर । सन्दकपुर गाउँपालिका वडा नं ५ जमुनामा सम्पन्न कागे फुटबल प्रतियोगिताको उपाधि रेडपान्डा स्पोटिङ्ग क्लब इङ्लाले चुमेको छ । आइतबार सम्पन्न फाइनल खेलमा रेडपान्डा स्पोटिङ्ग क्लब इङ्लाले उपाधि हात पारेको हो । प्रतियोगितामा प्याङ्ग स्पोटिङ्ग क्लबले दोस्रो स्थान स्थानमा चित्त बुझाएको छ ।

सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय बहादुर राईको प्रमुख आथित्यतामा सम्पन्न समापन समारोहमा अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य निरोज खड्गीको विशेष आथित्यता पुरस्कार वितरण गरिएको थियो । २ का विरुद्ध ५ गोल गरि रेडपान्डा स्पोटिङ्ग क्लब इङ्लाले एक लाख २ हजार २ सय बाइस पुरस्कार पाएको छ भने यप विजेताले ५० हजार ५ सय हात पारेको छ ।

उत्कृष्ट गोलरक्षक टंक थामि, उत्कृष्ट रक्षक रुपेन गुरुङ्ग,उत्कृष्ट मिल्ड फिल्डर सन्तोस राई, एत्कृष्ट स्ट्राइकर पुजन मगर र सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोल कर्ता आसिस राई उपाधि हात पारेको छ ।

उदयमान खेलाडीमा आयोजक सुनाखरी क्लव पुजन गुरुङ्ग घोषित भएका छन् । २० हजार दर्शकले भरिभराउ रहेको प्रतियोगितामा नेपाल र भारतका २४ क्लवहरुको सहभागिता रहेको कागे गोल्डकपका संरक्षक उमेश गुरुङ्गले बताए । इलामको ग्रामीण क्षेत्रको सबैभन्दा धेरै दर्शक रहेको प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको गुरुङ्गको दाबी रहेको छ ।

प्रतियोतिाको समापनमा सन्दकपुर गाउँपालिको वडा नम्बर ५ का अध्यक्ष जितबहादूर साँवा, वडा नम्बर ३ का अध्यक्ष कृष्ण पाठक माईभ्यालि फुटबल क्लब ईलामका महासचिव दिनेश काफ्ले, नेकपाका नेता भोजप्रसाद खतिवडा लगायतको उपस्थित रहेको थियो ।