विर्तामोड । विर्तामोडमा जारी वडा स्तरिय पुरुष तथा महिला भलिवल प्रतियोगिताको उपाधि क्रमश वार्ड न ६ र ८ जितेको छ । बिर्तामोड नगरपालिका खेलकुद बिकाश समिति बिर्तामोडले आयोजना गरेको भलिवलको फाइनल खेलमा पुरुषतर्फको वार्ड नम्बर ६ ले वार्ड नम्बर ५ हराउदै उपाधी हात पारेको हो । महिलातर्फ वार्ड नम्बर ५ लाई हराउदै वार्ड नम्बर ८ ले हात पारेको छ । उक्त प्रतियोगितामा पुरुष तर्फका १० वटा भलिबल टिम सहभागी थिए भने महिला ४ टिम मात्र सहभागी थिए ।
पुरुष तर्फको बिजेताले नगद ३० हजार र महिला तर्फको बिजेताले १५ हजार प्राप्त गरेको छ । उपविजेताले क्रमश २० हजार र १० हजार प्राप्त गरेका थिए । नगर खेलकुद बिकाश समितिका अध्यक्ष टिका प्रसाद संगौलाले महिला टिमको कम सहभागीता भएकाले पुरस्कार राशी घटाइएको बताएका छन् । असोज १० देखि १५ गते सम्म चलेको प्रतियोगिताको प्रमुख अतिथी प्रदेश साँसद एकराज कार्की रहेका थिए । प्रतियोगिताको अवसरमा खेलकुद क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा कराते प्रशिक्षक मिना पाठक, सिता राई, ज्ञानिन्द्र राई र दुर्गा निरौला रहेका थिए । त्यसैगरी फुटबल तर्फ रामदर्शन गुरुङ र बडिविल्डर राम दाहाललाई समेत सम्मान गरिएको थियो । नगर खेलकुद परिषदको अध्यक्ष टिका प्रसाद संगौलाको सभापतित्वमा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुव शिवाकोटीको विशेष आतिथ्यता रहेको थियो ।