एक दिने जिल्ला स्तरीय रेफ्री रिफ्रेसर सेमीनार सम्पन्न

रोङ : इलामकाे रोङ गाउँपालिका–३ कुटीडाडाँ मा प्रथम जिल्ला स्तरिय रेफ्री रिफ्रेसर सेमीनार सम्पन्न भएको छ । जिल्ला कराते संघको आयोजना र रोङ गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष शम्शेर राईको प्रमुख आतिथ्यता रहेको तालिममा इलाम जिल्ला अध्यक्ष तथा अन्तराष्ट्रिय रेफ्री प्रशिक्षक योगेश चाम्लीङ्ग राईले जिल्ला भरीका सिनीयर ब्लाक बेल्ट प्रशीक्षार्थी तीस जना सहभागी खेलाडीहरूलाई प्रशीक्षण दिएका थिए ।
सेमीनरमा देउमाई नगरपालिका का प्रशीक्षक रण बिर लिम्बुले शुभकामना तथा कराते खेलको बारेमा आफ्नो धारणा राखेका थिए । प्रशिक्षक चाम्लिङले सहभागी प्रशीक्षार्थीहरूलाई कराते खेल र नियम तथा आगामी दिनमा रेफ्री सेमिनरमा सहभागी भएका प्रशीक्षार्थीहरूको महत्वपूर्ण भुमीका रहने बताए ।
प्रमुख अतिथी राईले रोङ गाँउपालिकामा एकिकृत खेल बिकाश गर्न खेल बिज्ञहरुसँग परामर्श भइरहेको र आगामी दिनमा रोङ गाउँपालीकामा राष्ट्रीय तथा अन्तर्राष्ट्रीय स्तरका खेलाडी उत्पादन गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रम को अन्त्यमा सितोरियो कराते जिल्ला संघ इलाम तथा रेफ्री रिफ्रेसर सेमिनरका अध्यक्ष शेखर गुरुङले भारतको कालेपोङ्गमा अन्तराष्ट्रिय आमन्त्रित कराते खेलमा ईलामबाट सहभागिता तथा खेलाडी र रेफ्री छनौट भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट

फिक्कल । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई प्रदेश नम्बर एकको प्रादेशिक समन्वय समितिको सदस्यमा...

इलाम– दुुध उत्पादनमा नामुद मानिने इलाममा डेरी उद्योगमा युवाको आकर्षण बढ्दै गएको छ । सानो...

फिक्कल । पूर्व प्रधानमन्त्री एव् इलाम निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद झलनाथ खनालले...

इलाम । नेपाली महिला राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले सबैभन्दा बढी गोल गर्ने पुर्व...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो उपचारपछि बिहीबार दिउँसो अस्प्तालबाट डिस्चार्ज भएका...

फिक्कल । पूर्व प्रधानमन्त्री तथा संघीय सांसद झलनाथ खनालले एक इन्च पनि नेपाली भूमी छोड्न...

एकतप्पा । ‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने मूल नाराका इलामको फाकफोकथुम गाउँपालिका वडा नं।...

पशुपतिनगर । पाँच दिवसीय प्रथम सूर्योदय पर्यटन नगर महोत्सव आज सम्पन्न भएको छ । नगरको...
चर्चित

इलाम । इलामको सुर्योदय नगरपालिकामा रहेका जनप्रनिधिहरुले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने...

डम्बर खडका इलामका चर्चित राजनितिज्ञ एवम निर्माण व्यवसायी हुन । २०३१...

रोङ रोङ गाउँपालिका झापासँग जोडिएको इलामको गाउँपालिका हो । गाउँपालिकामा मेची...

इलाम । आजभन्दा ५० वर्ष अगाडि इलामको आइतबारेमा लागेको हाटबजार नै...