Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

बंगलादेशलाई हराएपछि शीर्ष २ मा नेपालको आशा जीवितै

बंगलादेशलाई हराएपछि शीर्ष २ मा नेपालको आशा जीवितै

  • नमीन ढकाल
  • मंगलबार, भाद्र १० २०७६


बंगलादेशलाई हराएपछि शीर्ष २ मा नेपालको आशा जीवितै

इलामः साफ यू-१५ च्याम्पियनसिपमा बंगलादेशमाथि ४–१ गोलअन्तरको जित निकाल्दै शीर्ष २ मा पर्ने संभावनालाई जीवितै राखेको छ। भारतको कल्याणीमा भएको खेलमा इन्जुरी समयमा नेपालले अग्रता लिएको थियो। खेलको ३६ औं मिनेटमा शशांक बोहरालाई प्रतिस्थापन गर्दै खेल मैदानमा प्रवेश गरेका कृष्ण अधिकारी यादवले सुरुवाती अग्रता दिलाएका थिए। नेपाली डिफेन्डरको लामो पासको फाइदा लिँदै यादवले सुरुवाती अग्रता दिलाएका हुन्।


खेलको ५२ औं मिनेटमा सुगम जिमीले अग्रता दोव्वर बनाए। जिमी डिबक्स बाहिरबाट गरेको प्रहारलाई बंगलादेशी गोलरक्षक सविर गाजीले भली गरे पनि गोलपोष्टभित्र छिर्नबाट बचाउन सकेनन्। ७९ औं मिनेटमा बंगलादेशले खेलमा फर्कर्ने प्रयास गर्‍यो। नेपाली डिफेन्डरको गल्तीको फाइदा उठाउँदै मियाले अग्रता कम पारे। तेस्रो गोलका लागि वर्षा भाग्यमानी सावित भयो।


८६ औं मिनेटमा प्रदिप लम्सालले डिबक्स बाहिरबाट गरेको प्रहारले जाली चुम्दा नेपालले ३–१ को अग्रता बनाएको थियो। पुनः ४ मिनेट नवित्दै नेपालले चौथो गोल थप्यो। बारमा लागेर रिवाउन्ड भएको बललाई जाली चुमाउँदै यादवले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल थपे। जितसँगै नेपालले ६ अंक बटुलेको छ । बंगलादेशको समेत ६ अंक भएपनि हेड टु हेडका आधारमा नेपाल दोश्रो स्थानमा उक्लिएको छ ।


अन्तिम खेलमा नेपालले भुटानको सामना गर्दैछ। त्यसैगरी मंगलबार नै भएको पहिलो खेलमा श्रीलंकामाथि ५–० गोल अन्तरको जित दर्ता गर्दै भारतले फाइनलमा स्थान सुरक्षित गरेको छ। प्रतियोगिताको ३ बटै खेलमा जित निकालेको भारतको ९ अंक रहेको छ। भारतले अन्तिम खेलमा बंगलादेशको सामना गर्दैछ।
अन्तिम नतिजा यस्तो भए नेपाल फाइनल पुग्दैन
भुटानविरुद्धको खेलमा जित निकालेर मात्र नेपाललाई फाइनल पुग्न पर्याप्त हुँदैन। भारत र बंगलादेश बीचको खेलले समेत नेपालको अघिल्लो चरण प्रवेश निर्धारण गर्ने छ। भारतसँग बंगलादेश पराजित भए नेपाल सोझै फाइनल पुग्नेछ। तर यदि भारतविरुद्धको खेलमा जित निकालेको खण्डमा बंगलादेश गोल अन्तरको आधारमा नेपाललाई पछि पार्दै फाइनल पुग्नेछ।फाइनल पुग्नका रोक्नका लागि नेपाललाई बंगलादेशको तुलनामा गोल अन्तर उच्च आवश्यक हुन्छ। बंगलादेशको गोल अन्तर ८ रहेको छ। उसले ३ खेलमा १३ गोल गर्दै ५ गोल मात्र व्योहोर्दै नेपालले ६ गोल गरेर ६ गोल नै व्योहोरेको छ। यता भारतको १७ गोल रहेको छ। उसले ३ वटै खेल क्लिनसिटसहित जितेको छ। बंगलादेशसँगको पराजयले पनि भारतलाई फाइनल पुग्नबाट रोक्न सक्दैन।

प्रतिक्रिया
सम्बन्धित समाचार