Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

इलामका छन्दकवि घिमिरे र भट्टराई सम्मानित

इलामका छन्दकवि घिमिरे र भट्टराई सम्मानित

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र ८ २०७६


इलामका छन्दकवि घिमिरे र भट्टराई सम्मानित

इलाम । इलामका दुई जना श्रष्टा सम्मानित भएका छन् । मोती समस्यापुर्ती प्रकाशन समितीले मोतीछन्दकला भाग–६ कवितासंग्रह बिमोचन कार्यक्रममा छन्द कवि टिका घिमिरे र नुरज भट्टराई नदीलाई सम्मान गरेको हो । उनीहरुसंग अन्य ४ जनाले सम्मान पाएका छन् । सम्मानित हुनेहरुमा इटहरीका कवि माधव टि.एन घिमिरे, झापाका जगन्नाथ दाहाल, पन्डित नारायणप्रसाद भट्टराई र मरणोप्रान्त गोपीकृष्ण खनाललाई सम्मान गरिएको थियो ।


खनालको सम्मानपत्र उनीकी धर्मपत्नी रुपा खनालले ग्रहण गरेकी थिइन् । कार्यक्रममा समितीका अध्यक्ष हरिप्रसाद रिमालको मातृभुमी नामक कवितासंग्रह पनि बिमोचन गरिएको थियो । डा रमेश घिमिरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सिलिगुडीका श्रष्टा लोकनाथ उपाध्यायको बिशेष आतिथ्यता रहेको थियो । डा पुण्यप्रसाद सिग्देलको स्वागत र संस्थाका सचिव खगेन्द्र नेपालले संचालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार