Local Sandesh मंगलबार, चैत्र ६ २०८०
  • ट्रेण्डिङ :

इलामको सूर्योदय नगरपालिकामा प्रथम सूर्योदय साहित्य महोत्सव

इलामको सूर्योदय नगरपालिकामा प्रथम सूर्योदय साहित्य महोत्सव

  • सन्देस सम्बाददाता
  • बिहिबार, असार ५ २०७६


इलामको सूर्योदय नगरपालिकामा प्रथम सूर्योदय साहित्य महोत्सव

फिक्कल । कला साहित्या तथा भाषाको विकास गर्ने लक्ष्यका साथ सूर्योदय नगरपालिकाले प्रथम सूर्योदय कविता महोत्सव २०७६ आयोजना गरेकोे छ । सूर्योदय नगरपालिकाकी उपप्रमुख दुर्गा देवी भट्टराईको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य तथा कवि डा बिजय सुब्बाको प्रमुख आतिथ्यतामा नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा गत जेष्ठ ३० गते रेडियो फिक्कलमा सम्पन्न छनोट कार्यक्रममा उत्कृष्ट पाचँमा परेका कवि कवियत्रीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल र भारतका चर्चित साहित्यकारहरुले कविता सुनाएका थिए ।
प्रमुख अतिथी सांसद सुब्बाले नेपाली कला भाषा साहित्यको विकासमा स्थानीय सरकार राज्य तथा सबै लाग्नु पर्नेमा जोड दिनु भयो । भाषा साहित्यको क्षेत्रमा विकास गर्न सके हाम्रो मौलिकता भावी पुष्तालाई समेत हस्तानतरण गर्न सकिने बताउनु भयो । उहाले निक्कै मर्म स्पषी कविताहरु पनि सुनाउनु भएको थियो । कार्यक्रममा प्रतियोगितात्मक कविता वाचनमा उत्कृष्ट हुने पाचँ जनालाई पुरस्कार वितरण तथा कविता वाचन समेत गरेका थिए ।

नगर स्तरीय प्रतियोगितामा पवित्रा राईको माझीदाई प्रथम,सूनपा ११ का कमल सुच्चा राई को दिर्घायुको कामना शीर्षकको कविता दोस्रो सूनपा ११की टिष्टा राई को गमला भित्रको जिवन शीर्षकको कविता तेस्रो भएको छ । सूनपा ९ का दिपेन्द्र गौतम र सूनपा ९ कै एम बि लेप्चा सान्तना पुरस्कार बाट पुरस्कृत हुनु भएकोे छ । गौतमले बर्षा र लेप्चाले प्रश्नहरुको प्रश्नको प्रश्न शीर्षक को कविता सुनाउनु भएको भएको थियो । प्रतियोगितामा बिजेता सबैलाई नगद सहित सम्मान पत्रका साथ सम्मान गरीएको छ । प्रथम पुरस्कार नगद १० हजार दोस्रो ७ हजार ५ सय तेस्रो ५ हजार र सान्तवना २ जनालाई नगद २ हजार ५ सय का दरले पुरस्कार प्रदान गरीएको छ ।
भारत दार्जिलिङका अग्रज साहित्यकार नर बहादुर दहाललाई गणेश रसिक फाउण्डेशनको तर्फबाट नररत्न श्रष्ठा सम्मान पुरस्कारबाट सम्मान गरीएको छ उहाको योगदानको करद गर्दै नगद १० हजारको साथ ताम्रा पत्रका साथ सम्मान गरीएको हो ।

नेपाली कला भाषा साहित्यको विकासमा नगरपालिका सचेत रहेको बताउदै कार्यक्रम निक्कै उपलब्धीमुलक भएको आफुले महशुस गरेको नगरप्रमुख रण बहादुर राईले बताउनु भयो । उपप्रमुख तथा कार्यक्रमका सभापति दुर्गा देवी भटटराईले भाषा साहित्य तथा कलाको क्षेत्रमा नगरपालिकाले बिशेष ध्यान दिने बताउनु भयो ।

कार्यक्रममा बेलबारी नगरपालिकाकी उपप्रमुख तारा पराजुलीले आफनो नगरपालिकाले कला साहित्यको क्षेत्रमा गरेको कामको बारेका जानकारी गराउनु हुदै कविता समेत बाचन गरेका थिए । कार्यक्रममा नेपालका इलाम झापा मोरङ सुनसरी तथा भारत दार्जिलिङ तथा सिलगडीका चर्चित कविकवियत्री तथा स्थानीय साहित्यकारहरुले आफना रचना सुनाएका थिए । देशविकास विकृति माया प्रेम बिछोड लगायतका बारे कविता बाचन हुदा माहोल निक्कै रोमाञ्चित बनेको थियो । गणेश रसिक फाउण्डेशनका सस्थापक तथा गायक गीतकार तथा सगींतकार गणेश रसिकले यस्ता कार्यक्रमले समाजमा सकरात्मक छाप छोडन निक्कै ठुलोे भुमिका खेल्ने बताउनु भयो । प्रतियोगितामा साहित्यकार लेखक पत्रकार केदार शर्मा कवि मुना राज शेर्मा तथा गजलकार आरती अनुले निर्णायकको रुपमा भुमिका निभाउनु भएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख भटटराईले नगरपालिकाले आगामी दिनमा पनि कला साहित्यको विकासमा बिशेष ध्यान दिने बताउदै कार्यक्रममा सहभागि साहित्यकारहरुप्रति धन्यवाद दिनु भयो । कार्यक्रम गणेश ससिक फाउण्डेशनको व्यवस्थापनमा भएको हो । कार्यक्रमममा साहित्यकार भुवन राज ढुङगानाको कविता सग्रह सूर्योदयको चिनारी बिमोचन गरीएकाृे छ ।
उहाकी धर्मपत्नी शान्ती ढुङगाना प्रकाशक रहनु भएको पुस्तकमा सूर्योदयनगरपालिकाका सबै स्थानको चिनारी जनप्रतिनिधी लगायतबारे निक्कै मार्मिक यर्थाथपरक रोचक हिसावबाट समेटिएको छ । उहाँले आफुले नगरका सबै बिषय बस्तु त था जनप्रतिनिधी लाई समेत समेटेर सग्रह तयार पारेको जानकारी दिनु भयो । कार्यक्रम आयोजना तथा व्यवस्थापन समिति भुवन राज ढुङगानाको सयोंजकत्वमा ९ सदसीय समिति बनेकोे छ समितिको सहसयोैजसमा दुर्गा भटटराई दहाल , सचिव नुरज भट्टराई नदी, रमेश राई , साधाना फागो हेम माया प्रधान कमल भटटराई , बृष प्रधान राजकुमार दहाल रहनु भएको छ । कार्यक्रममा स्वागत मन्तब्य साधाना फागोले गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार