सन्दकपुरः सन्दकपुर गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी श्यामल मावि माइमझुवाले जितेको छ । सन्दकपुर गाउँपालिकाको आर्थिक सहयोग र माइपोखरी संस्कृत माविको आयोजनामा भएको प्रतियोगितामा १८ स्वर्ण मध्ये ६ स्वर्ण प्राप्त गर्दै श्यामवल माविले जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा स्थान बनाएको हो । त्यसैगरी ५ स्वर्ण पदकको साथ आयोजक माइपोखरी मावि सन्दकपुर–३ दोश्रो र ४ स्वर्ण पदकको साथ आदरर्णिय मावि सन्दकपुर–१ तेश्रो भएको हो ।
जेठ ३० र ३१ गते संचालन भएको प्रतियोगिताको गाउँपालिका अध्यक्ष उदयबहादुर राईले उद्धघाटन गरेका थिए । माइपोखरी संस्कृत माविका प्रधानाध्यापक धर्मेन्द्र दुलालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी गाउँपालिका अध्यक्ष राई र विशेष अतिथी प्रमुख प्रशासकिय अधिकृत महेश राई रहेका थिए ।
महिला र पुरुषको ९÷९ इभेन्टका लागी भएको प्रतिस्पर्धामा १४० वटा मेडलको लागी प्रतिस्पर्धा भएको कार्यक्रमका अध्यक्ष दुलालले जानकारी दिए ।