प्रदेशस्तरीय उसु प्रतियोगितामा नौ स्वर्णसहित मोरङ प्रथम

इलाम, : इलाममा बुधबार सम्पन्न तीनदिने प्रदेश नम्बर १ स्तरीय उसु प्रतियोगितामा नौवटा स्वर्ण पदक जित्दै मोरङ जिल्ला प्रथम भएको छ । प्रतियोगितामा उदयपुरले द्वितीय स्थान हासिल गरेको छ भने झापा तृतीय घोषित भएको छ । प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयको आयोजना, प्रदेश खेलकुद विकास समितिको मूल ब्यवस्थापन र इलाम जिल्ला खेलकुद विकास समितिको स्थानीय ब्यवस्थापनमा सम्पन्न प्रतियोगिता इलाम सदरमुकामको नवनिर्मित इलाम फुटसलको खुल्ला भवनमा सञ्चालन भएको हो ।
प्रतियोगितामा उसु खेलका सान्सो विधाअन्तर्गत महिला र पुरुषका छुट्टाछुट्टै १३ वटा तौलसमूहमा प्रतिष्पर्धा भएको थियो भने थौलु विधाअन्तर्गत पनि महिला र पुरुषका छुट्टाछुट्टै पाँचवटा उपविधाअन्तर्गतका नौ खेलहरूमा प्रतिष्पर्धा भएको थियो । थौलुका खेलहरूमध्ये मोरङका उज्ज्वल राई र एलिजा मारिकले दुई÷दुई स्वर्ण जितेका छन् ।
उज्ज्वलले पुरुषतर्पmको नान्छुहाङ र नान्कुन उपविधामा प्रथम स्थान हासिल गरेका हुन् भने एलिजाले महिलातर्पmको नान्छुहाङ र नान्कुनमा प्रथम स्थान हासिल गरेकी हुन् । पुरुषतर्पmका ती दुवै उपविधामा दोस्रो र तेस्रो पनि एकै ब्यक्ति भएका छन् । दुवै उपविधामा झापाका सुजन श्रेष्ठ दोस्रो भएका हुन् भने सुनसरीका रोहित लिम्बू तेस्रो भएका हुन ।
महिलातर्पmको नान्छुहाङमा संखुवासभाकी सम्झना राई दोस्रो र झापाकी रिहा श्रेष्ठ तेस्रो भइन् भने नान्कुनमा संखुवासभाकी पवित्रा राई दोस्रो र झापाकै रिहा तेस्रो भइन् । महिलातर्पm छान्छुहाङ उपविधामा मोरङकी कृतिका राई प्रथम, झापाकी आशंसा श्रेष्ठ दोस्रो र तेह«थुमकी सेलेज पोदार तृतीय भए । पुरुष छान्छुहाङमा सुनसरीका नुक्साङ लिम्बु प्रथम, झापाका रञ्जित चाम्लिङ दोस्रो र संखुवासभाका डिमातासी तेस्रो भए ।
पाउसु उपविधामा मोरङका बाबा मारिक प्रथम र झापाका रञ्जित चाम्लिङ दोस्रो भए । थाईचीछ्वान उपविधामा पुरुषतर्पm झापाका सिद्धार्थ प्रधान प्रथम, मोरङका चिरञ्जिवी राई दोस्रो र विकास राई तेस्रो भएभने महिलातर्पm मोरङकी इञ्जल पोदार प्रथम, झापाकी इशा ढकाल दोस्रो र उदयपुरकी सम्झना बिक तेस्रो भए ।
सान्सो विधाअन्तर्गत भएका खेलहरूमध्ये पुरुषतर्पm ४२ किलो तौल समूहको खेलमा उदयपुरका एकबहादुर विक प्रथम, भोजपुरका प्रशान्त मगर दोस्रो तथा तेह«थुमका सुमन तामाङ र मोरङका अर्पण घिमिरे तृतीय भए । पुरुषतर्पmकै ३८ किलो तौल समूहमा संखुवासभाका फुरकामी शेर्पा प्रथम, झापाका सन्दिप दनुवार दोस्रो तथा धनकुटाका कुशल लङ्वा र इलामका प्रविण राई तेस्रो भए ।
पुरुषकै ३५ किलो तौल समूहमा उदयपुरका मानव बुढाथोकी, झापाका साहिल तामाङ र मोरङका आयुव खनाल तथा भोजपुरका देवन राई क्रमशः प्रथम, द्वितीय र तृतीय भए । ६० किलो तौल अन्तर्गतको खेलमा इलामका सौगात राई प्रथम, मोरङका दिपक पासवान दोस्रो, झापाका सेवन राई र भोजपुरका सत्यहाङ राई तेस्रो भए ।
पुरुषकै ५६ किलो तौल समूहमा मोरङका राहुल मारिक प्रथम, संखुवासभाका बलिराज राई दोस्रो र झापाका रोशन गुरुङ तथा उदयपुरका विजय राई तेस्रो घोषित भए । पुरुषको ५२ किलो समूहको खेलमा झापाका सागर खत्री प्रथम, धनकुटाका निरज राई दोस्रो तथा सुनसरीका स्कर राई र मोरङका सागर यादव तेस्रो भए भने ४८ किलो समूहमा मोरङका पूर्ण राई प्रथम, भोजपुरका श्याम राई दोस्रो तथा तेह«थुमका अभिषेक दास र मोरङका दिवस थेवे लिम्बू तेस्रो भए । पुरुष ४४ किलो समूहमा भोजपुरका हेमली हेमन राई प्रथम, झापाका मानबहादुर पाण्डे दोस्रो तथा संखुवासभाका लाक्पा शेर्पा र इलामका योगेश गुरुङ तेस्रो भए ।
यता महिलातर्पmको ५५ किलो तौल समूहमा तेह«थुमकी प्रेरणा ठाकुर प्रथम, इलामकी निशा गुरुङ द्वितीय र उदयपुरकी एलिसा राना मगर तथा झापाकी रोशनी लिम्बू तृतीय भए भने ५२ किलो तौल समूहमा संखुवासभाकी धनकुमारी राई प्रथम, मोरङकी सोनिया क्षेत्री दोस्रो र इलामकी बबिता गुरुङ तथा सौजन्या प्रधान तेस्रो भए । ४८ किलो समूहमा उदयपुरकी अस्मिता राई प्रथम, इलामकी सबिना मुखिया दोस्रो र मोरङकी गीता चौधरी तथा संखुवासभाकी आङ्किला शेर्पा तेस्रो भए ।
महिलाकै ४४ किलो समूहमा भोजपुरकी सुस्मिता राई प्रथम, झापाकी प्रतिमा राई दोस्रो तथा सुनसरीकी दिलुशा शाही र धनकुटाकी अञ्जु राई तेस्रो भए भने ४० किलो तौल समूहमा इलामकी कृति थेवे प्रथम, सुनसरीकी सुमिना शाही दोस्रो तथा भोजपुरकी समिता राई र मोरङकी कुशुम शाह तृतीय भए । जेठ २७ देखि सञ्चालन भएको प्रतियोगिता २९ गते साँझमात्र सम्पन्न भएको थियो ।
प्रतियोगितामा विजेता खेलाडीहरूलाई नगद रूपमा प्रथम पुरस्कार तीन हजार, दोस्रो पुरस्कार दुई हजार र तेस्रो पुरस्कार एक हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रथम, दोस्रो र तेस्रो हुने जिल्लाहरूलाई कप प्रदान गरिएको थियो ।
प्रतियोगितामा सान्सो विधाअन्तर्गत अन्तर्राष्ट्रिय निर्णायकहरू नयन श्रेष्ठ र बिनोद माडिक, राष्ट्रिय निर्णायकहरू खेमराज थापा, भीम पौडेल, उमाकुमारी राई, शर्मिला राई, राजेन्द्र राई र ठाकुर मगर तथा प्रदेश निर्णायकहरू डम्बर यादव र घनश्याम गुरुङले निर्णायकको भूमिका निर्बाह गरेका थिए । त्यस्तै थौलु विधामा राष्ट्रिय निर्णायकहरू रविन श्रेष्ठ र दिपेन चाम्लिङ तथा प्रदेश निर्णयकहरू बिमल प्रधान, अशोक बुढामगर र अम्बर पुलामी मगरले निर्णायकको भूमिका निर्बाह गरेका थिए ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी तथा अन्य अतिथिहरूले पुरस्कार वितरण गरेका थिए । सो क्रममा अध्यक्ष नगरकोटीले २०७५ साल खेलकुदका लागि स्वर्ण वर्ष भएको उल्लेख गरेका थिए । उनले प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले तीन करोड रुपैयाँभन्दा बढी बजेटका खेलकुदका कार्यक्रम यो वर्षमा सम्पन्न गरेको भन्दै नेपालमै पहिलो पटक उसुको विभिन्न विधामा प्रदेशस्तरीय प्रतियोगिता गराउन सफल भएको बताए ।
समापन कार्यक्रम प्रतियोगिताको स्थानीय ब्यवस्थापकसमेत रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा प्रतियोगिता ब्यवस्थापन समितिका संयोजक बृहस्पति उपरकुटीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेश खेलकुद विकास समितिका कोषाध्यक्ष, अन्तर्राष्ट्रिय, राष्ट्रिय र प्रदेशस्तरीय निर्णायकहरू, विभिन्न जिल्लाका जिल्ला खेलकुद विकास समितिका पदाधिकारी तथा कर्मचारी, विभिन्न खेलको स्थानीय प्रशिक्षकहरूसमेतको सहभागिता रहेको थियो । सन्दकपुर अनलाइन
प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट

इलाममा जन्मिएकी उसु खेलाडी जुनी राईको १२ औ दक्षिण एसियाली खेल सागमा स्वर्ण जित्ने सपना...

फिक्कल । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई प्रदेश नम्बर एकको प्रादेशिक समन्वय समितिको सदस्यमा...

इलाम– दुुध उत्पादनमा नामुद मानिने इलाममा डेरी उद्योगमा युवाको आकर्षण बढ्दै गएको छ । सानो...

फिक्कल । पूर्व प्रधानमन्त्री एव् इलाम निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद झलनाथ खनालले...

इलाम । नेपाली महिला राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले सबैभन्दा बढी गोल गर्ने पुर्व...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो उपचारपछि बिहीबार दिउँसो अस्प्तालबाट डिस्चार्ज भएका...

फिक्कल । पूर्व प्रधानमन्त्री तथा संघीय सांसद झलनाथ खनालले एक इन्च पनि नेपाली भूमी छोड्न...

एकतप्पा । ‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने मूल नाराका इलामको फाकफोकथुम गाउँपालिका वडा नं।...
चर्चित

इलाम । इलामको सुर्योदय नगरपालिकामा रहेका जनप्रनिधिहरुले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने...

डम्बर खडका इलामका चर्चित राजनितिज्ञ एवम निर्माण व्यवसायी हुन । २०३१...

रोङ रोङ गाउँपालिका झापासँग जोडिएको इलामको गाउँपालिका हो । गाउँपालिकामा मेची...

इलाम । आजभन्दा ५० वर्ष अगाडि इलामको आइतबारेमा लागेको हाटबजार नै...