रेडहर्ष इलाम भलुवा गाेल्डकपकाे प्रि–क्वाटरफाइनलबाटै बाहिरियाे

इलाम । इलामको रेडहर्ष क्लब सुनसरीमा जारी सातौ भलुवा गोल्डकपको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ । गोल्डेन स्टार क्लब भलुवासंग ३–२ गोल अन्तरले पराजित भएको हो । खेलको १९ औ मिनेटमा श्रवन गच्छदारको गोलबाट अग्रता लिएको भुलुवाले ३९ औ मिनेटमा रितिक खड्काको गोलबाट अग्रता दोव्वर बनायो ।
खेलको ५० औ मिनेटमा रेडहर्षले अग्रता कम गर्ने सुनौलो मौका गुमायो । पासाङ शेर्पाको पेनाल्टी प्रहारलाई गोलरक्षक सुजित चौधरीले बिफल तुल्याएका थिए । खेलको ६९ औ मिनेटमा रेहहर्षले भुवन बस्नेतको गोलबाट अग्रता कम बनायो । ७३ औ मिनेटमा दर्शन गुरुङले खेल बराबरीमा ल्याए । ८२ औ मिनेटमा अरुण लिम्बुले निर्णायक गोल गरेपछि रेहर्षको यात्रा प्रि–क्वाटरबाटै टुङिगएको हो ।
खेलमा रेहर्षका ३ जना खेलाडीले पहेलो कार्ड पाएका थिए भने गोल्डेन स्टारका एक जनाले पहेलो कार्ड पाएका थिए । खेलको म्यान अफ दि म्याच विजेता टिमका रितिक खड्का घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे । भोली पहिलो क्वाटरफाइनल खेलमा राजरानी फुटबल क्लब धनकुटा र विर्तामोड युनाइटेड भिडनेछन । पहिलो प्रि–क्वाटरफाइनलमा उदयपुर एघारलाई ३–१ गोल अन्तरले हराउँदै विर्तामोड क्वाटरफाइनल प्रवेश गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट

इलाममा जन्मिएकी उसु खेलाडी जुनी राईको १२ औ दक्षिण एसियाली खेल सागमा स्वर्ण जित्ने सपना...

फिक्कल । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई प्रदेश नम्बर एकको प्रादेशिक समन्वय समितिको सदस्यमा...

इलाम– दुुध उत्पादनमा नामुद मानिने इलाममा डेरी उद्योगमा युवाको आकर्षण बढ्दै गएको छ । सानो...

फिक्कल । पूर्व प्रधानमन्त्री एव् इलाम निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद झलनाथ खनालले...

इलाम । नेपाली महिला राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले सबैभन्दा बढी गोल गर्ने पुर्व...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो उपचारपछि बिहीबार दिउँसो अस्प्तालबाट डिस्चार्ज भएका...

फिक्कल । पूर्व प्रधानमन्त्री तथा संघीय सांसद झलनाथ खनालले एक इन्च पनि नेपाली भूमी छोड्न...

एकतप्पा । ‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने मूल नाराका इलामको फाकफोकथुम गाउँपालिका वडा नं।...
चर्चित

इलाम । इलामको सुर्योदय नगरपालिकामा रहेका जनप्रनिधिहरुले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने...

डम्बर खडका इलामका चर्चित राजनितिज्ञ एवम निर्माण व्यवसायी हुन । २०३१...

रोङ रोङ गाउँपालिका झापासँग जोडिएको इलामको गाउँपालिका हो । गाउँपालिकामा मेची...

इलाम । आजभन्दा ५० वर्ष अगाडि इलामको आइतबारेमा लागेको हाटबजार नै...