Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

दोश्रो सुर्योदय मेयरकप : डिफेन्डिङ च्याम्पियन मेचीनगरको जितसंगै सेमीफाइनल समिकरण पुरा (फोटो फिचर)

दोश्रो सुर्योदय मेयरकप : डिफेन्डिङ च्याम्पियन मेचीनगरको जितसंगै सेमीफाइनल समिकरण पुरा (फोटो फिचर)

  • नमीन ढकाल
  • मंगलबार, जेष्ठ १४ २०७६


दोश्रो सुर्योदय मेयरकप : डिफेन्डिङ च्याम्पियन मेचीनगरको जितसंगै सेमीफाइनल समिकरण पुरा (फोटो फिचर)

फिक्कल । माई नगरपालिकालाई हराउँदै डिफेन्डिङ च्याम्पियन मेचीनगर नगरपालिका करफोकमा जारी दोश्रो सुर्योदय मेयरकपको सेमीफाइनल प्रवेश गरेकोछ । मेचीनगरले माईलाई ३–० गोल अन्तरले हराएको हो । मेचीनगरको जितसंगै सेमीफाइनल समिकरण पुरा भएको छ ।


ए डिभिजनका खेलाडीले भरिएको मेचीनगर सामु माई नगरपालिका निरिह बनेको थियो । पहिलो हाफमा मेचीनगरले ३–० गोल अन्तरको अग्रता बनाएको थियो । डिफेन्डरको गल्तीको फाइदा उठाउँदै दिवस उराउले खेलको ५ औ मिनेटमा अग्रता कायम गराएका थिए । १८ औ मिनेटमा निशान लिम्बुले अग्रता दोव्वर बनाए ।


२५ औ मिनेटमा खमिर गिल्सन कन्दङवाले फ्रिकिक मार्फत  गोल गर्दै पहिलो हाफमा ३–० को अग्रता बनाएका थिए । दोश्रो हाफमा माईले सम्हालिएको प्रर्दशन गरेपछि मेचीनगरले थप गोल गर्न सकेन । पहिलो हाफमा पाएको केही राम्रा अवसरहरु माईले सदुपयोग गर्न सकेन ।


स्ट्राइकर निकेश श्रेष्ठले गोलरक्षक विट भएको अवस्था लगातार पाएको अवसरहरुलाई पोष्टको दिशा दिन नसक्दा माई नगरपालिका क्वाटरफाइनलबाटै बाहिरिएको हो । प्रतियोगिताको पहिलो सेमीफाइनलमा भोली देउमाई नगरपालिका र शिवसतासी नगरपालिका सामना गर्नेछन । दुवै टिमबाट केही ए डिभिजनका खेलाडीहरु भिडनेछन ।

प्रतिक्रिया
सम्बन्धित समाचार