Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

दोश्रो सुर्योदय मेयरकप : टाइव्रेकरमा आयोजकलाई हराउँदै शिवसतासी सेमीफाइनलमा (फोटो फिचर)

दोश्रो सुर्योदय मेयरकप : टाइव्रेकरमा आयोजकलाई हराउँदै शिवसतासी सेमीफाइनलमा (फोटो फिचर)

  • सन्देश सम्वाददाता
  • सोमबार, जेष्ठ १३ २०७६


दोश्रो सुर्योदय मेयरकप : टाइव्रेकरमा आयोजकलाई हराउँदै शिवसतासी सेमीफाइनलमा (फोटो फिचर)

फिक्कल । आयोजकमाथी संर्घषपुर्ण जित निकाल्दै शिवसतासी नगरपालिका करफोकमा जारी दोश्रो सुर्योदय मेयरकपको सेमीफाइनल प्रवेश गरेको छ । टाइव्रेकरमा ४–५ गोल अन्तरले आयोजक सुर्योदय नगरपालिका पराजित बन्यो । पहिलो हाफ बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुवै टिमबाट २–२ गोल भयो । खेलको ३९ औ मिनेटमा भुवन बस्नेतले शिवसतासीलाई सुरुवाती अग्रता दिलाएका थिए । सुशिल राईको क्रसलाई उनले जाली चुमाएका हुन । ४६ औ मिनेटमा दिनेश राईले अग्रता दोव्वर बनाए । लक्ष्मण वेघाको क्रसमा राईले गोल गरेका हुन ।


४६ औ मिनेटमा दिनेश राईले अग्रता दोव्वर बनाए । लक्ष्मण वेघाको क्रसमा राईले गोल गरेका हुन । खेलमा पछि परेको सुर्योदयले १ मिनेट नवित्दै आशिष राईको गोलबाट अग्रता कम पा¥यो । वान भर्सेस वानको अवस्था उनले जाली चुमाए । ६१ औ मिनेटमा सचिन योल्मुले खेल बराबरीमा ल्याए । खेलमा दुवै टिमबाट गोलका अवसरहरु सदुपयोग हुन सकेन । थ्रीस्टारका खेलाडी सुशिल राई र विजय धिमाल सहित मैदान उत्रिएको शिवसतासीलाई आयोजकले दबाबमा राखेको थियो ।


४८ औ मिनेटमा अफसाइड भनेर छाडेको बललाई सुशिलले जाली चुमाउन सकेनन् । उनको प्रहार बारमा लागेर फर्किएको थियो । ७० मिनेटको अवधीमा शिवसतासीका सुशिल राई र आयोजकका डेनिस गुरुङले पहेलो कार्ड पाए । पेनाल्टी सुटआउटमा नियम उल्लंघन गरेपछि डेनिसले दोहोरो पहेलो कार्ड पाएका थिए ।


पेनाल्टी सुटआउटमा शिवसतासीका ५ जना खेलाडीले टाइव्रेकर प्रहारले जाली चुम्दा सुर्योदयका डेनिसले नियम उल्लंघन गरेपछि उनको प्रहारले मान्यता नपाउँदा आयोजक क्वाटरफाइलबाटै बाहिरियो । अर्जुनधारा नगरपालिकालाई हराउँदै आयोजकले क्वाटरफाइनलको यात्रा तय गरेको थियो । त्यसैगरी आजै हुने भनिएको साविक विजेता मेचीनगर नगरपालिका र माई नगरपालिकाबिचको दोश्रो खेल नेपाल बन्दका कारण स्थगित भएको छ । सो खेल भोली अपराहन्न १ बजे खेलाइने आयोजक समितीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार