Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

दोश्रो सुर्योदय मेयरकप : आयोजकको बिजयी सुरुवात

दोश्रो सुर्योदय मेयरकप : आयोजकको बिजयी सुरुवात

  • सन्देश सम्वाददाता
  • शनिबार, जेष्ठ ११ २०७६


दोश्रो सुर्योदय मेयरकप : आयोजकको बिजयी सुरुवात

फिक्कल । इलामको सुर्योदय नगरपालिका आजबाट सुरु भएको दोश्रो सुर्योदय आमन्त्रण मेयरकप फुटबलमा आयोजकले बिजयी सुरुवात गरेको छ । करफोक माविको खेलमैदानमा आयोजक सुर्योदय नगरपालिकाले अर्जुनधारा नगरपालिकालाई ४–० ले हरायो । मौसम प्रतिकुल बनेको खेलको सुरुवातबाटै दबाब बनाएको आयोजकले २८ औ मिनेटमा गोलको खाता खोल्यो ।
सुर्योदयका संगम योल्मोले बिपक्षी टिमको गोलरक्षकको हातबाट फुत्किएको बललाई जाली चुमाए । पहिलो हाफ १–० मा सकिएको खेलको दोश्रो हाफमा आयोजकले ३ गोल थप्यो । ५७ औ मिनेटमा पेम्बा योल्मो, ६१ औ मिनेटमा संजोग खडका र इन्जुरी समयमा अतिरिक्त खेलाडी आशिष राईले गोल गरेपछि अर्जुनधारा प्रि–क्वाटरफाइनलबाटै बाहिरियो । बिजेता टिमले शिवसतासी नगरपालिकासंग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता अन्र्तगत भोली इलाम नगरपालिका र कन्काई नगरपालिका तथा दमक नगरपालिका र देउमाई नगरपालिकाबिच खेल हुनेछ । जेठ १८ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेता टिमले नगद २ लाख तथा उपविजेता टिमले नगद १ लाख प्राप्त गर्नेछ । सुर्योदय नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा इलाम र झापाका ९ नगरपालिकाको सहभागीता रहेको छ । गत संस्करण झापाको मेचीनगर नगरपालिकाले आयोजक सुर्योदय नगरपालिकालाई हराउँदै जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार