Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम उद्योग बाणिज्य संघको निर्वाचनमा दुई प्यानलको उम्मेदवारी दर्ता

इलाम उद्योग बाणिज्य संघको निर्वाचनमा दुई प्यानलको उम्मेदवारी दर्ता

  • सन्देश सम्बाददाता
  • शुक्रबार, बैशाख २७ २०७६


इलाम उद्योग बाणिज्य संघको निर्वाचनमा दुई प्यानलको उम्मेदवारी दर्ता
इलाम । इलाम उद्योग वाणिज्य संघको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने काम सकिएको छ । भोली हुने निर्वाचनका लागि संघमा दुई पक्षबाट दुई प्यानलका उम्मेदवारको मात्र मनोनयन दर्ता भएको छ । स्वतन्त्रबाट कसैले उम्मेदवारी दर्ता नगराएको निर्वाचन समितिले जनाएको छ । प्रगतिशिल तथा समावेशी ब्यवसायीहरूको समूहको देवेन्द्र शङ्कर प्यानलका उमेद्धवारी दिएका एकजना सदस्यको उम्मेदवारी रद्द भएको छ । खुल्ला सदस्यका उम्मेदवार रहेका देऊमाई नगरपालिका ३ का लालबहादुर लिम्बुको उम्मेदवारी रद्द भएको हो ।

उनको ब्यवसाय इलाम उद्योग वाणिज्य संघमा दर्ता नभएको पाइएकोले उम्मेदवारी रद्द गरिएको जनाइएको छ । यो सँगै जम्मा सदस्य सङ्ख्या आठ मध्ये प्रगतिशील पक्षका उम्मेदवारको सङ्ख्या सात मात्र भएको छ । प्रगतिशील समूहकै अर्का एक उम्मेदवारको पनि दाबीबिरोध परेको निर्वाचन समितिले जनाएको छ । सदस्यकै उम्मेदवार माई नपा ७ का चन्द्रबहादुर निरौला मदनको उम्मेदवारीमा पनि दाबी बिरोध परेको हो । यसबारे निर्णय भइनसकेको हुँदा उनको उम्मेदवारी के हुन्छ भन्ने यकिन भइसकेको छैन । प्रजातान्त्रिक पक्षका ईश्वर चिपालुको नेतृत्वको प्यानलका कुनै उम्मेदवारको दाबीबिरोध वा रद्द भएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार