Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलाम आमन्त्रित पुरुष नकआउट भलिवल प्रतियोगिता सुरु

इलाम आमन्त्रित पुरुष नकआउट भलिवल प्रतियोगिता सुरु

  • सन्देस सम्बाददाता
  • बिहिबार, बैशाख २६ २०७६


इलाम आमन्त्रित पुरुष नकआउट भलिवल प्रतियोगिता सुरु

इलाम । भलिवल खेलको विकास गर्ने उदेश्यले इलामको सदरमुकामस्थित टुडिखेलमा आज देखि प्रथम इलाम आमन्त्रित पुरुष नकआउट भलिवल प्रतियोगिता सुरु भएको छ । आज सम्पन्न उद्घाटन खेलमा ताप्लेजुङले आयोजक जिल्ला भलिवल संघ इलामलाई ३ – ० को सेटमा पराजित गर्यो । ताप्लेजुङले इलाम विरुद्ध २५ – १३, २५ – १३ र २५– १८ को नतिजा निकाल्यो । आजकै दोस्रो खेलमा नव चेतना भलिवल क्लवले झापा गाउ“पालिका भलिवल टिमलाई २५ – १७, २५ – २२ र २५ – १८ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा पक्का पारेको हो ।
देशभरका ८ वटा टिमको सहभागिता रहेको प्रतियोगिताका विजेताले १ लाख ५१ हजार रुपैयाँ जित्ने छन् । उप विजेताले ८१ हजार रुपैयाँ प्राप्त गर्ने छन् । पुरस्कार राशी र व्यवस्थापनको हिसावले उत्कृष्ट मानिएको प्रतियोगितामा बैशाख २९ गतेसम्म सञ्चालन हुनेछ । जिल्ला भलिबल संघका अध्यक्ष डाक प्रसाद गौतमको अध्यक्षतामा भएको प्रतियोगिताको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले उद्घाटन गर्नुभएको थियो ।
पुरस्कार राशी र व्यवस्थापनको हिसावले उत्कृष्ट मानिएको प्रतियोगितामा ८ वटा टिमको सहमागिता छ । प्रतियोगिताको उद्घघाटन खेलमा आयोजक र ताप्लेजुङ भलिवल संघ आमनेसामने हुने छन् ।
प्रतियोगितामा भद्रपुर भलिवल क्लव, गण्डकी प्रदेश भलिवल, त्रिवेणी भलिवल क्लव पाँचथर लगायतको सहभागिता छ । प्रतियोगिताको सवै तयारी पूरा भएको आयोजकले जनाएको छ । जिल्ला भलिवल संघले आयोजना गरेको प्रतियोगिता वैशाख २९ सम्म सञ्चालन हुने आयोजक समितिका अध्यक्ष डिबि गौतमले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार