Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलाम आमन्त्रित भलिवल प्रतियोगिता आजबाट

इलाम आमन्त्रित भलिवल प्रतियोगिता आजबाट

  • सन्देश सम्बाददाता
  • बिहिबार, बैशाख २६ २०७६


इलाम आमन्त्रित भलिवल प्रतियोगिता आजबाट

इलाम  । भलिवल खेलको विकास गर्ने उदेश्यले इलामको सदरमुकामस्थित टुडिखेलमा आज बिहीवारदेखि प्रथम इलाम आमन्त्रित पुरुष नकआउट भलिवल प्रतियोगिता सुरु हुदैछ ।

पुरस्कार राशी र व्यवस्थापनको हिसावले उत्कृष्ट मानिएको प्रतियोगितामा ८ वटा टिमको सहमागिता छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र ताप्लेजुङ भलिवल संघ आमनेसामने हुने छन् । विहिवारको दोस्रो खेल नव चेतना भलिवल क्लव वरवोटे भर्सेज झापा गाउ“पालिका भलिवल संघबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा भद्रपुर भलिवल क्लव, गण्डकी प्रदेश भलिवल, विमानटेड भलिवल क्लव विर्तामोड र त्रिवेणी भलिवल क्लव पा“चथरको सहभागिता छ । प्रतियोगिताको सवै तयारी पूरा भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताले नगद १ लाख ५० हजार रुपैया“ प्राप्त गर्ने छन् । त्यस्तै उप विजेताले ८० हजार रुपैया“ हात पार्ने छन् । जिल्ला भलिवल संघले आयोजना गरेको प्रतियोगिता वैशाख २९ सम्म सञ्चालन हुने आयोजक समितिका अध्यक्ष डिबि गौतमले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार