इलाम । डिफेन्डिङ च्याम्पिनय रेडहर्ष इलामलाई हराउदै चौथो भरौल गोल्डकपको उपाधी पाहुना टोली दाफिन्स क्यामरुनले जितेको छ । सुनसरीको बराहक्षेत्र-५ कालाबन्जर खेलमैदानमा भएको उपाधी भिडन्तमा रेडहर्षलाई ४–० गोल अन्तरले हराउँदै दाफिन्सले सिजनको छैटौ उपाधी जितेको हो । सुरुवातबाटै दबाब कायम गरेको दाफिन्सले खेलेको तेश्रो मिनेटमा टिना टिनाको गोलबाट अग्रता बनायो । खेलमा पछि परेको रेडहर्षले छैटो मिनेटमा दोश्रो गोल व्यर्होयो । अनगुइन जेआरले आफनो टिमको अग्रता २–० बनाए ।
२६ औ मिनेटमा पेटङ्गाले तेश्रो गोल गरे । पहिलो हाफमा ३–० ले पछि परेको रेडहर्षले दोश्रो हाफमा सम्हालिएको खेल प्रर्दशन गरेपनि गोल गर्न सकेन् । खेलको ४९ औ मिनेटमा पेटङ्गाले व्यक्तिग दोश्रो गोल गरेपछि दाफिन्सले प्रथम पुरस्कार ३ लाख रुपैया सुरक्षित ग¥यो । उपबिजेता बनेको डिफेन्डिङ च्याम्पियन रेडहर्षले १ लाख ५० हजार प्राप्त गर्न सफल भयो ।
आयोजक न्यु स्टार क्लबमाथी टाइव्रेकरमा जित निकाल्दै रेडहर्ष फाइनल पुगेको हो भने दाफिन्सले चर्च व्वाइज काठमाण्डौलाई २–१ ले हराउँदै फाइनल पुगेको थियो । रेडहर्षले गत संस्करणको प्रतियोगितामा राष्ट्रिय जागृती क्लब इटहरीलाई पराजित गर्दै उपाधी जितेको थियो ।