इलाम । चौँथो अन्तराष्ट्रिय भरौल गोल्डकपको उपाधीको लागी डिफेन्डिङ च्याम्पियन रेडहर्ष फुटबल क्लब इलामले पाहुना टोली दाफिन्ससंग भिडन्त गर्नेछ । सुनसरीको बराहक्षेत्र ५ कालाबन्जर खेलमैदानमा गत चैत्र २० गतेबाट सुरु भएको प्रतियोगितामा इलाम आयोजक न्यु स्टार क्लबमाथी टाइव्रेकरमा जितका निकाल्दै फाइनल पुगेको हो भने दाफिन्सले चर्च व्वाइज काठमाण्डौलाई २–१ ले हराउँदै फाइनल पुगेको हो । जारी सिजनमा दाफिन्सले ५ वटा गोल्डकपको उपाधी जितेको छ ।
रेडहर्षले गत संस्करणको प्रतियोगितामा राष्ट्रिय जागृती क्लब इटहरीलाई पराजित गर्दै उपाधी जितेको थियो । न्यु स्टार क्लबको आयोजना तथा बराहक्षेत्र नगरपालिका संयोजक रहेको गोल्डकपमा प्रथम पुरस्कार ३ लाख दोस्रो पुरस्कार १ लाख ५० हजार रहेको छ