दक्षिण कोरिया । दक्षिण कोरियामा कार्यरत भिम प्रसाद फियाकले इलामको राहसल अनाथललाई आर्थिक सहयोग गरेका छन् । एक वर्ष अघि रोजगारीका लागि दक्षिण कोरिया गएका फियाकले ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् । पाँचथर स्थायी घर भएका फियाक विगत १० वर्षदेखि इलाममा बसोबास गरि कृषि तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका थिए । फियाकले राहसल बाल अनाथलयको घर निर्माण अभियानका लागि सहयोग गरेका हुन् ।