Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

माईभ्याली गोल्डकप : उपाधी जित्ने शेर्पा र दाफिन्सको आ–आफनै दाबी

माईभ्याली गोल्डकप : उपाधी जित्ने शेर्पा र दाफिन्सको आ–आफनै दाबी

  • सन्देश सम्वाददाता
  • सोमबार, चैत्र ४ २०७५


माईभ्याली गोल्डकप : उपाधी जित्ने शेर्पा र दाफिन्सको आ–आफनै दाबी

इलाम । पाँचौ संस्करणको माईभ्याली गोल्डकपको उपाधीका लागी हिमालयन शेर्पा र क्यामरुनी टोली दाफिन्स भिडदैछन । माईभ्याली गोल्डकपमा पहिलो पटक सहभागी टिमहरु फाइनल पुगेका हुन् । प्रि म्याच कन्फ्रेन्समा बोल्दै दुवै टिमका प्रशिक्षकले उपाधी आफनो पक्षमा पर्ने दाबी गरेका छन । दाफिन्सका टिम मेनेजर आशिक थापा मगरले खेलमा हार जितको स्थिती बराबर देखिएपनि फिजिकल र स्टामिनाले आफनो टिम हावी हुने बताए । खेलमैदानको कारण अफ्रिकी मुलका खेलाडीहरुलाइ खुलेर खेल्न असहज भएको उनले बताए । यता शेर्पाका प्रशिक्षक विजेन्द्र पुडासैनीले टिम स्प्रिट उच्च भएकाले जित निस्कने बताए । टिम पुरानै रणनितीमा खेल्ने भएपनि मनोबल उच्च भएकाले बलियो दाफिन्सलाई दबाब सृजना गर्ने उनले बताए ।
नेपाली फुटबलको नवप्रवेशी दाफिन्सले २ महिनाको अवधीमा ८ प्रतियोगितामा सहभागीता जनाउदै ३ बटा उपाधी जितेको छ । दाफिन्सका सिलो नाङ््गा फाइनल खेल गुमाउनेछन । एपिएफ र पुलिस विरुद्ध उनले पहेलो कार्ड पाएपछि १ खेल प्रतिवन्धमा परेका हुन । नाङ््गाको स्थान ओको बोटाले लिने थापा मगरले बताए । सहिद स्मारक लिगमा सातौँ स्थानमा रहेको हिमालयन शेर्पाले सिजनमा दोस्रो पटक फाइनल खेल खेल्दै छ । दोश्रो बिशाल मेमोरियल गोल्डकपको फाइनल पुगेको शेर्पालाई त्रिभुवन आर्मीले सडनडेथमा हराउँदै उपाधी जितेको थियो ।
लिगमा उत्कृष्ट खेल देखाउन नसकेका च्यासलका सुनिल खडका हिमालय शेर्पा क्लबबाट इलाममा चम्किएका छन । उनले ३ खेलमा एक ह्रयाट्रिक सहित ४ गोल गर्दै सर्वाधिक गोलकर्ताको सुचीमा अग्रस्थानमा छन्् । अघिल्ला संस्करणको माईभ्याली गोल्डकपको अनुभव बटुलेका निरज वस्नेत, गोलरक्षक किसोर गिरी सहित शेर्पा मैदानमा उत्रने छ । २०७१ सालबाट आयोजना शुरु गरिएको फुटबल प्रतियोगिता पुर्वी पहाडी जिल्लाको सर्वाधिक चर्चित प्रतियोगिता हो । प्रतियोगिताको विजेताले नगद ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्् ।

प्रतिक्रिया
सम्बन्धित समाचार