Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

साफ च्याम्पियनसिप : बंगलादेश विरुद्ध कति बलियो ‘ड्रागन गर्ल्स’ अर्थात भुटान

साफ च्याम्पियनसिप : बंगलादेश विरुद्ध कति बलियो ‘ड्रागन गर्ल्स’ अर्थात भुटान

  • नमीन ढकाल
  • बिहिबार, फाल्गुन ३० २०७५


साफ च्याम्पियनसिप : बंगलादेश विरुद्ध कति बलियो ‘ड्रागन गर्ल्स’ अर्थात भुटान

इलाम । साफ च्याम्पियनसिपको आफनो दोश्रो खेलमा बलियो प्रतिद्धन्द्धी बंगलादेशसंग भुटान प्रतिस्पर्धा गर्दैछ । पहिलो खेल नेपालसंग ३–० ले पराजित बनेको भुटान ९ बर्षे साफको इतिहासमा पहिलो जितको खोजीमा हुनेछ । ‘ड्रागन गल्र्स’को उपमाले परिचित भुटानी टोलीले सन २०१० यता बंगलादेशसंग ३ पटकको सामना गर्दै तिनै पटक पराजित भएको छ । पहिलो साफ अघिको मैत्रीपुर्ण खेलमा ७–० ले पराजित बनेको भुटानी टोली साफको पहिलो संस्करणमा ९–० ले पराजित बन्यो । सन २०१२ को दोश्रो संस्करणमा समेत टोली १–० गोलले पराजित बन्यो । बंगलादेश विरुद्ध भुटानले ३ खेलमा कुल १७ गोल व्यर्होरेको छ ।

साफमा भुटानी टोलीको उत्कृष्ट नतिजाको रुपमा सन २०१० मा समुह चरणमा श्रीलंकासंग १–१ गोलको बराबरी रहेको छ । यता बंगलादेशी टिम साफको गत संस्करणको उपविजेता र २ संस्करणको सेमीफाइनलिष्ट टिम समेत हो । साफको कुल १५ खेलमा ७ जित, १ बराबरी र ७ खेलमा पराजित बनेको टोली भुटान विरुद्धको खेलमा स्पष्ट जित निकाल्दै सेमीफाइनल पूग्ने रणनितीमा हुनेछ । भुटान बिरुद्ध बंगलादेशले फराकिलो जित निकालेको खण्डमा नेपाली टोलीलाई चुनौती थपिनेछ ।

सन २०१६ को चौथो साफको समुह बी को अन्तिम खेलमा बंगलादेशले भारतलाई बराबरीमा रोक्दा त्यसको घाटा नेपाललाई भएको थियो । गोल अन्तरले दोश्रो भएको भारतले सेमीफाइनलमा समुह ए बाट बिजेता बनेको नेपाललाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइलनमा बंगलादेशलाई समान ३–१ गोल अन्तरले नै हराएर लगातार चौथो उपाधी जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार