Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

हङकङलाई हराउँदै हिमालयन शेर्पा क्वाटरफाइनलमा

हङकङलाई हराउँदै हिमालयन शेर्पा क्वाटरफाइनलमा

  • सन्देश सम्वाददाता
  • मंगलबार, फाल्गुन २८ २०७५


हङकङलाई हराउँदै हिमालयन शेर्पा क्वाटरफाइनलमा

इलाम । एकपक्षिय बनेको खेलमा पाहुना टोली हङकङ नेप्लिज फुटबल एकाडेमीलाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै हिमालयन शेर्पा क्लब इलाममा जारी माइभ्याली गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । खेलको सुरुवातबाटै दबाब कायम राखेको शेर्पाले पहिलो मिनेटमा नै अग्रता बनायो । गोलरक्षक अभिजित रोय अगाडी बढेको मौकामा सुनिल खडकाले हिमालयनलाई सुरुवाती अग्रता दिलाए । खेलको ९ औ मिनेटमा सुनिलले अग्रता दोव्बर बनाए ।
३७ औ मिनेटमा त्रिदेव राईले डिबक्स बाहिरबाट गरेको प्रहारले जाली चुमेपछि पहिलो हाफमा हिमालयन शेर्पाले ३–० को फराकिलो अन्तर बनायो । दोश्रो हाफमा समेत दबाबमा परेको हङकङका लागी ४६ औ मिनेटमा समिर लिम्बुले सान्तवना गोल फर्काए । ६३ औ मिनेटमा सुनिलले गोल गर्दै ह्रयाट्रिक पुरा गरे ।

७५ औ मिनेटमा कप्तान मानबहादुर तामाङले गोल गरेपछि ५–१ गोल अन्तरले बिजयी बन्दै हिमालयन शेर्पा क्वाटरफाइनल प्रवेश गरेको हो । सेमीफाइनल प्रवेशका लागी हिमालन शेर्पाले थ्रीस्टार क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्र्तगत मंगलबार विभागीय टिम नेपाल पुलिस क्लबले युनाटेड दार्जिलिङ क्लबसंग प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार