Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

झापा गोल्डकपको सेमिफाइनलमा रुस्लान थ्री स्टार

झापा गोल्डकपको सेमिफाइनलमा रुस्लान थ्री स्टार

  • सन्देश सम्वाददाता
  • बुधबार, फाल्गुन २२ २०७५


झापा गोल्डकपको सेमिफाइनलमा रुस्लान थ्री स्टार

बिर्तामोड  : गोलरक्षक एलन न्यौपानेले टाइब्रेकरमा नेपाल पुलिस क्लबका सुरुवाती दुई प्रहार विफल पारेपछि रुस्लान थ्री स्टार क्लब टाइब्रेकरमा ३-० ले विजयी हुँदै मगमग झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल रंगशालामा बुधबार भएको तेस्रो क्वाटरफाइनल खेलको निर्धारित ९० मिनेट खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरको सहाराबाट लिइएको थियो । थ्री स्टारले अब फाइनल प्रवेशका निम्ति घरेलु टोली मगमग झापा(११ फुटबल क्लबको सामना गर्नेछ ।

टाइब्रेकरमा रुस्लान थ्री स्टारका गोलरक्षक एलन न्यौपानेले पुलिसका सुरुवाती दुई प्रहार नै बचाए । एलन अजित भण्डारी र कप्तान भरत शाहको प्रहारमा बाधक बने । थ्री स्टारका विजय धिमाल र बुद्ध चेम्जोङले टाइब्रेकरमा सुरुवाती दुई गोल गरेपनि तेस्रो प्रहारमा कप्तान विक्रम लामा चुके । पुलिसका रवी पासवानले तेस्रो प्रहार बाहिर प्रहार गर्दा रुपेश केसीले गोल गर्दै थ्री स्टारलाई अन्तिम चारमा पुर्याए ।

खेलको म्यान अफ द म्याच थ्री स्टारका गोलरक्षक एलन न्यौपाने चुनिए । उनले १५ हजार रुपैयाँ प्राप्त गरे । बिहीबार प्रतियोगिताको चौथो तथा अन्तिम क्वाटरफाइनलमा दाउफिन्स फुटबल क्लब र लाली रुपन्देही(११ फुटबल क्लब खेल्नेछन् । मनाङ मर्स्याङदीले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि दाउफिन्सले खेल्न पाएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार