फिक्कल : किरात समाज सेवा समिती सुर्योदय नगरपालिका १० आहालेको आयोजनामा हिजाेबाट किरात रनिङकप खुल्ला लातेभकुण्डे प्रतियोगिता सुरु भएको छ । प्रतियाेगिताकाे उद्धघाटन खेलमा युनाइटेड आहालेलाई १–० ले हराउँदै एमवाइसी मालुम बिजयी भएको छ । सुन्तले युवा क्लब र सदाबहार टोल फिक्कलबिचको दोश्रो खेलमा २–० गोल अन्तरले सुन्तले बिजयी भएको छ । त्यसैगरी अन्तिम खेलमा करफोक युवा क्लबलाई ४–१ गोल अन्तरले पछि पार्दै पापा सेभेन कन्याम बिजयी भएको छ । उद्धघाटन खेलको बिजयी मालुम टिमलाई प्रोत्साहन स्वरुप आयोजकले १ थान बल प्रदान गरेको छ । प्रतियोगिता अन्र्तगत अाज ३ खेल हुनेछ । खेल समितीका संयोजक जिवनकुमार चाम्लिङको अध्यक्षता एवम वडा नं १० का अध्यक्ष पेमा उगेन लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला फुटबल संघका उपाध्यक्ष मणीकुमार गुरुङको विशेष आतिथ्यता रहेको थियो ।