Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

संकटा विरुद्ध जित निकाल्न काँकडभिट्टालाई कति सहज ?

संकटा विरुद्ध जित निकाल्न काँकडभिट्टालाई कति सहज ?

  • नमीन ढकाल
  • शनिबार, माघ २६ २०७५


संकटा विरुद्ध जित निकाल्न काँकडभिट्टालाई कति सहज ?

 इलाम । धरान रंगशालामा आज भव्य समारोहका बिच २१ औ संस्करणको बुढासुव्वा गोल्डकप सुरु हुँदैछ । उद्धघाटन खेल निक्कै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । १९ औ संस्करणको उपविजेता सिएमजी संकटाले झापाली टोली मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टरको सामना गर्दैछ । बुढासुव्वा गोल्डकपमा यि २ टोली पहिलो पटक भिडन लागेका हुन । संकटा शहिद स्मारक लिगको दोश्रो स्थानको टोली हो भने काँकडभिट्टा देशका विभिन्न प्रतिष्ठित गोल्डकप प्रतियोगितामा सहभागीता जनाइरहेको छ ।

१९ औ संस्करणको गोल्डकपमा पहिलो पटक सहभागीता जनाएको मेची नेत्रालय रुपन्देही फुटबल क्लबसंग टाइव्रेकरमा ३–१ गोल अन्तरले पराजित भएको थियो । सोही संस्करणमा विभागीय टिम एपिएफलाई १–० ले हराउँदै बिजयी बनेको संकटाले मेची नेत्रालयलाई हराएको रुपन्देहीमाथी २–१ को जित निकाल्दै फाइनल पुगेको थियो । फाइनलमा संकटालाई विभागीय टिम नेपाल पुलिसले सडनडेथमा हराउँदै उपाधी जितेको थियो । २० औ संस्करणमा समेत काँकडभिट्टा पहिलो खेलमै पराजित बन्यो । पुलिस क्लबले काँकडभिट्टामाथी २–० को जित निकाल्दा संकटाले मनाङ मस्याङदीमाथी १–० ले जित निकालेको थियो । सेमीफाइनल खेलमा पुलिससंग २–१ ले पराजित बन्दा दोश्रो पटक फाइनल पुग्ने संकटाको सपना अधुरौ नै रहेको थियो । लिगमा समेत थ्रीस्टार, आर्मी, पुलिस जस्ता टिमलाई पछी पार्दै संकटा मनाङपछि दोश्रो स्थानमा रहेको थियो ।

सल्यान खड््गीको प्रशिक्षणमा संकटा क्लब रहेको छ भने पुर्व ए डिभिजन खेलाडी मिन बस्नेतको प्रशिक्षणमा काँकडभिट्टा रहेको छ । गत माघ १९ गते सम्पन्न मदन भण्डारी आमन्त्रण अन्तराष्ट्रिय गोल्डकपको सेमीफाइनलसम्म काँकडभिट्टाले यात्रा तय गरेको थियो भने संकटा चालु सिजनमा पहिलो पटक प्रदेश नं एक को प्रतियोगितामा सहभागीता जनाउँदैछ । बुढासुव्वामा तेश्रो पटक सहभागीता जनाएको काँकडभिट्टा पहिलो जितको खोजीमा रहँदा संकटा धरानको मैदानमा आफनो फर्मलाई कायम राख्न जितको लक्ष्यका साथ मैदान उत्रनेछ । बिजेता टिमले आगामी फागुन १ गते हुने सेमीफाइनल खेलमा मनाङ मस्याङदी र क्यामरुनी टिम डाउफिन्स फेमिली क्लबको बिजेतासंग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार