फिक्कल । सुर्योदय नगरपालिका–१२ आठघरेमा जारी खुल्ला मिनिपोस फुटबलमा आज ४ खेल हुँदैछन । प्रतियोगिता अन्र्तगत आज आहाले एफसी र माने एफसी, आहाले बी र मुर्तिडाँडा एफसी, आयोजक र छिपिटार एफसी तथा बीबीबाइसी र लगनशिल एफसीबिच खेल हुनेछ । प्रतियोगिताको हिजो सम्पन्न पहिलो खेलमा सुन्दरपानी फुटबल क्लबलाई ५–२ ले हराउँदै आरुबोटे फुटबल क्लब बिजयी भएको छ । दोश्रो खेलमा मलिम फुटबल क्लबलाई २–० ले हराउँदै ट््विङकल स्टार ढोडे बिजयी बनेको छ । त्यसैगरी आजको अन्तिम खेलमा फाजीगाँउ फुटबल क्लबलाई ३–१ ले हराउँदै मालुम फुटबल क्लब बिजयी भएको छ