फिक्कल । नेहारिका स्र्पोटिङ क्लबको आयोजनमा सुर्योदय नगरपालिका–११ मा जारी साकेला कप फुटबलको उपाधी टापनटिपन केराबारीले जितेको छ । हिजो भएको फाइनल खेलमा रोङ खेलकुद विकास समितीको चुनौती २–० ले पन्छाउँदै केराबारीले उपाधी जितेको हो । विजेता टिमले नगद ५५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता टिमले ३१ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी भेट्रान फुटबल अन्र्तगत केराबारी भेट्रानलाई २–० ले हराउँदै आहाले भेट्रानले उपाधी जितेको छ ।
क्लबका अध्यक्ष रविन राईको सभापतित्वमा भएको समापन समारोहका प्रमुख अतिथी प्रदेश नं एक का प्रदेशसभा सदस्य काजीमान कागते रहेका थिए । कार्यक्रममा वडा नं १२ का अध्यक्ष डोलेन्द्र भारद्धाज, वडा नं ११ का अध्यक्ष टेकबहादुर राई र जिल्ला फुटबल संघका सदस्य ज्ञानु राईले मन्तव्य राखेका थिए । मंसिर २५ गतेबाट सुरु भएको प्रतियोगितामा साकेला कप अन्र्तगत २६ र भेट्रान तर्फ ८ टिमको सहभागीता रहेको थियो ।