फिक्कल । केराबारीमा जारी साकेला कप खुल्ला लातेभकुण्डो प्रतियोगितामा आज २ खेल हुँदैछन । प्रतियोगिता अन्र्तगत क्वाटरफाइनलमा तिनघरे युवा क्लब र आरुबोटे तथा भेट्रान खेलमा समृद्धी भेट्रान र पशुपतीनगर भेट्रानबिच आज प्रतिस्पर्धा हुन लागेको हो । हिजोको खेलमा टापनटिपन केराबारी र भेनस सुन्दरपानी बिजयी बनेका छन । पहिलो खेलमा पशुपती युनाइटेडलाई २–१ ले हराउँदै केराबारीले अन्तिम १६ मा स्थान बनाएको हो । त्यसैगरी भेट्रान फुटबल अन्र्तगत तिनघरे भेट्रानलाई ३–१ ले हराउँदै सुन्दरपानीले सुखद सुरुवात गरेको हो ।