फिक्कल । सुर्योदय नगरपालिका– ११ मा साकेला कप खुल्ला लातेभकुण्डो प्रतियोगिताको आजको खेलमा कन्याम फुटबल क्लब र रोङ खेलकुद विकास समिती बिजयी भएका छन । आजको पहिलो खेलमा कन्यामले केराबारी फुटबल क्लबलाई ४–३ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समय र थप १० मिनेटमा समेत दुबै टिमबाट गोल नभएपछि निर्णय टाइव्रेकरबाट गरिएको हो । त्यसैगरी दोश्रो खेलमा रोङ खेलकुद विकास समितीले युनाइटेड केराबारीलाई २–० गोल अन्तरले पराजित गरेको छ ।
भोलीबाट दोश्रो चरणका खेलहरु सुरु हुनेछ । पहिलो खेलमा युनाइटेड पशुपतीनगरले एमएफसी पान्दाम तथा दोश्रो खेल समृद्धि क्लब रम्फोक र आरुबोटे फुटबल क्लब बिच हुने आयोजक समितीका अध्यक्ष ज्ञानु राईले जानकारी दिए ।