Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

प्रदेश नं एकले हरेक बर्ष दुईवटा ठुला फुटबल प्रतियोगिता गर्ने

प्रदेश नं एकले हरेक बर्ष दुईवटा ठुला फुटबल प्रतियोगिता गर्ने

  • सन्देश सम्वाददाता
  • शनिबार, मंसिर २९ २०७५


प्रदेश नं एकले हरेक बर्ष दुईवटा ठुला फुटबल प्रतियोगिता गर्ने

इलाम । नेपाली फुटबलका लागि प्रदेश १ सरकारले ठुला दुई प्रतियोगिता गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना तथा प्रदेश १ सरकारको सहकार्यमा आगामी पाँच वर्षका लागि प्रतियोगिता गर्ने सम्झौता भएको हो । सम्झौतामा सामाजिक विकास मन्त्रालयका तर्फबाट मन्त्री जीवन घिमिरेले र एन्फाको तर्फबाट अध्यक्ष कर्माछिरिङ शेर्पाले हस्ताक्षर गरेका छन । प्रदेश सरकारको सहकार्यमा प्रदेश नं १ स्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिता र अन्तराष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिता हुने एन्फाका प्रवक्त किरण राईले जानकारी दिए ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नेपाली फुटबलको विकासमा ऐतिहासिक सम्झौता भएको बताए । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रदेशका लागि दुवै प्रतियोगिता गौरवमय हुने बताए । दुईवटै ठूला प्रतियोगिताले प्रदेशका लागि फरक पहिचान बनाउने विश्वास लिएको अध्यक्ष शेर्पाले स्पष्ट पारे ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै एन्फा अध्यक्ष शेर्पाले दुवै प्रतियोगिता यसैवर्षदेखि २०७९ सालसम्मकालागि रहने बताए । जसका लागि प्रदेश सरकारले हरेक बर्ष कुल २ करोड रुपैया उपलब्ध गराउने छ । प्रदेश १ स्तरीय मुख्यमन्त्री कप लिग फुटबल अन्र्तगत प्रदेशका १४ जिल्लाबाट टोलीले सहभागिता जनाउने छन । यसमा उत्कृष्ट हुने दुइ शीर्ष टोली अन्तर प्रदेश एन्फा प्रेसिडेन्ट कपमा सहभागि हुनेछन ।
त्यसैगरि, अन्तराष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबलमा सातै प्रदेशका उत्कृष्ट टोली, ए डिभिजन क्लबका ६ टोली, र तीन वटा अन्र्तराष्ट्रिय फुटबल क्लबको सहभागिता रहने एन्फाले जनाएको छ । यसमा बढिमा १६ वटा टोलीको सहभागिता रहनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार