Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा उद्योग दिवशमा १३ जना सम्मानित

इलाममा उद्योग दिवशमा १३ जना सम्मानित

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर १० २०७५


इलाममा उद्योग दिवशमा १३ जना सम्मानित

इलाम । तेस्रो उद्योग दिवश इलाममा विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति इलामको आयोजनामा तेस्रो उद्योग दिवश अन्तरक्रिया कार्यक्रम गरि मनाइएको हो ।
तेस्रो उद्योग दिवसको अवसरमा १३ जना उद्यमीलाई सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय उकृष्ट महिला उद्यमीबाट भट्टराई कृषि तथा पशुपालन डेरी उद्योग सन्दकपुर गाउँपालिका ३ की लिलादेवि भट्टराई इलामेलि ललिपप उद्योग, इलाम नगरपालिका ६ निवासी सुस्मा राई,न्यू सम्झना ढाका उद्योग इलाम नगरापालिका ७ निवासी देव कुमारी लिम्बु कंचनजंघा अर्थोडक्स चिया उद्योग, इलाम नगरपालिका १ निवासी मिलन कुमारी खत्रि र इलाम अदुवा प्रशोधन उद्योग इलाम नगरपालिका ६ की उषा देवि निरौला सम्मानीत हुनुभएको थियो । जिल्लामा रहेका उद्यमी तर्फ सन्जीबनी छाला जुत्त्ता उद्योग, चुलाचुलि गाउँपालिका २ निवासी सन्तकुमारी राई, नमोबुद्ध फुल नर्सरी, सुर्योदय नगरपालिका १ की लासाङ तामाङ ए.एन सिलाई कटाई उद्योग फाकफोकथुम ३ निवासी अमृता नेपाली मेनुका बेकरी, इलाम नगरपालिका ८ की मेनुका निरौला अन्जु व्यूटि पार्लर इलाम नगरपालिका ७ निवासी अन्जना पराजुलि सम्मानित हुनुभएको छ ।
यस्तै चिया बस्तु विकास केन्द्र स्थापनाका लागि जग्गादाता इलाम नगरपालिका १ निवासी दिल बहादुर सुवेदि इलाम नगरपालिका १ निवासी नौरथ बहादुर फागो र देउमाई नगरपालिका ८ निवासी नेत्र मणि फुयल सम्मानित हुनुभएको घरेलु तथा सना उद्योग विकास समितिका नासु खड्ग बस्नेतले बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालको अध्यक्षतामा भएको कार्यक्रममा इलाम नगर प्रमुख महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमसिना, इलाम उद्योग बाणिज्य संघका आनन्द कट्टेल, जिल्ला युवा समितिको अध्यक्ष नवराज संकर, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष दिनेश श्रेष्ठ, घरलु तथा साना उद्योग विकास समितिका प्रमुख सत्यनारायण राईले सम्मानितहरुलाई प्रमाणपत्र तथा दोसल्ला ओडाई सम्मानित गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार